back

विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

वि.सं.२०७६ असार २३ सोमवार

564 

shares
GLOBAL IME AD
NTC AD

२३ असार,  दैलेख । दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको हो ।

नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ । सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्गलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ । पहिरो पन्छाउन नजिकै रहेको खोला प्रयोग गरेर सबै माटो डुङ्गा खोलामा फालेपछि करीव एक किलोमिटर खोलासमेत पूर्णरुपमा पुरिएको छ ।

निर्माण कम्पनीले जनतालाई रकमको लोभ देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले आरोप लगाएका छन् ।

स्थानीय सरकारसँग समन्वय गरेर आयोजनाले काम अगाडि बढाउनुपर्ने भए पनि आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको आरोप बुढाको छ । दोल्ती पावर कम्पनीले रु ७२ करोडको लागतमा अहिले पदमखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ ।

खोला पुरेर बगर बनाएको भन्दै जनताले गुनासो गरेपछि जिल्ला समन्वय समिति, नौमूले गाउँपालिकाको संयुक्त अनुगमनपश्चात् तत्काल खोला सफा गर्न निर्देशनपछि अहिले दुई वटा डोजर लगाएर खोला सफा गर्न थालिएको छ ।

वि.सं.२०७६ असार २३ सोमवार १५:०१ मा प्रकाशित

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक...

बाख्रा चराउने क्रममा लडेर मृत्यु

बाख्रा चराउने क्रममा लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक...

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा...

झगडा हुँदा कालीकोटमा एक किशोरको हत्या, एक घाइते

झगडा हुँदा कालीकोटमा एक किशोरको हत्या, एक घाइते

मान्म (कालीकोट) । यहाँको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या...

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा...

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो रहेछ कारण…

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो रहेछ कारण…

काँक्रेविहार (सुर्खेत) । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा...