back

संविधान संशोधन र निर्वाचनबारे संसद्को ध्यानाकर्षण

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

435 

shares
IME Limited
NTC AD

३ मङ्सिर,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको निर्वाचन मिति तोक्न, संविधान संशोधन विधेयक ल्याउन र पुनःनिर्माणका कामलाई गति दिनमा जोड दिनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले सरकार जुन गतिमा हिँड्नुपर्ने हो, त्यो गतिमा हिड्न नसकेको बताउँदै संविधान कार्यान्वयनका लागि सहमतिमा संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्न माग गर्नुभयो ।

नेपाली काँग्रेसका दीपक खड्काले पुरानो संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन मिति समयमा तोक्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का गङ्गालाल तुलाधारले सांसद् विकास कोषअन्तर्गत पाँच लाख विनियोजन गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सोही पार्टीका डा गणेशमान गुरुङले विभिन्न विश्वविद्यालयमा तोडफोड र पदाधिकारीमाथि भएका आक्रमण रोक्न सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रेशमबहादुर लामाले १७ हजार जनतासँग साटेर ल्याएको गणतन्त्रमा सुशासन नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का डा सुवोधकुमार पोखरेलले वन संरक्षणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

तराई– मधेस लोतान्त्रिक पार्टीका नरसिंह चौधरीले सरकारले जनताका लागि ल्याइएका राहतमूलक कार्यक्रमलाई निरन्तरता दिन जोड दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सांसदहरुको सुविधा सम्बन्धी विधेयक संशोधनमा सांसदहरुले नयाँ प्रस्ताव नल्याएको बताउँदै यसबारे संसद् सचिवालयले गतल सूचना बाहिर दिएको गुनासो गर्नुभयो ।

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले संसद्को मर्यादाका लागि सांसदहरु नियमित बैठकमा आउनुपर्ने बताउनुभयो ।

यस्तै शून्य समयमा सांसदले सडक निर्माण, भूकम्पपछिको पुनःनिर्माण, काठमाडाँै उपत्यकाको ट्राफिक व्यवस्थापन, जनस्वास्थ्य आदिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु राजाराम स्याङ्ताङ्, राज्यलक्ष्मी श्रेष्ठ, रामअयोध्याप्रसाद यादव, रामवीर यादव, रामहरि सुवेदी, रामहरि खतिवडा, ललिताकुमारी रेग्मी, रीता रावल, लक्ष्मणप्रसाद पोखरेलले शून्य समयमा बोल्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०९:२१ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...