back
CTIZAN AD

संविधान संशोधन र निर्वाचनबारे संसद्को ध्यानाकर्षण

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

834 

shares

३ मङ्सिर,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको निर्वाचन मिति तोक्न, संविधान संशोधन विधेयक ल्याउन र पुनःनिर्माणका कामलाई गति दिनमा जोड दिनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले सरकार जुन गतिमा हिँड्नुपर्ने हो, त्यो गतिमा हिड्न नसकेको बताउँदै संविधान कार्यान्वयनका लागि सहमतिमा संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्न माग गर्नुभयो ।

नेपाली काँग्रेसका दीपक खड्काले पुरानो संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन मिति समयमा तोक्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का गङ्गालाल तुलाधारले सांसद् विकास कोषअन्तर्गत पाँच लाख विनियोजन गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सोही पार्टीका डा गणेशमान गुरुङले विभिन्न विश्वविद्यालयमा तोडफोड र पदाधिकारीमाथि भएका आक्रमण रोक्न सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रेशमबहादुर लामाले १७ हजार जनतासँग साटेर ल्याएको गणतन्त्रमा सुशासन नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का डा सुवोधकुमार पोखरेलले वन संरक्षणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

तराई– मधेस लोतान्त्रिक पार्टीका नरसिंह चौधरीले सरकारले जनताका लागि ल्याइएका राहतमूलक कार्यक्रमलाई निरन्तरता दिन जोड दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सांसदहरुको सुविधा सम्बन्धी विधेयक संशोधनमा सांसदहरुले नयाँ प्रस्ताव नल्याएको बताउँदै यसबारे संसद् सचिवालयले गतल सूचना बाहिर दिएको गुनासो गर्नुभयो ।

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले संसद्को मर्यादाका लागि सांसदहरु नियमित बैठकमा आउनुपर्ने बताउनुभयो ।

यस्तै शून्य समयमा सांसदले सडक निर्माण, भूकम्पपछिको पुनःनिर्माण, काठमाडाँै उपत्यकाको ट्राफिक व्यवस्थापन, जनस्वास्थ्य आदिबारे सदनको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु राजाराम स्याङ्ताङ्, राज्यलक्ष्मी श्रेष्ठ, रामअयोध्याप्रसाद यादव, रामवीर यादव, रामहरि सुवेदी, रामहरि खतिवडा, ललिताकुमारी रेग्मी, रीता रावल, लक्ष्मणप्रसाद पोखरेलले शून्य समयमा बोल्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०९:२१ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...