Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

परराष्ट्रमन्त्री डा. महतसँग चिनियाँ राजदूतको भेट



३ मङ्सिर,काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरवारमा भेटवार्ता गर्नुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूतमा हालै नियुक्त हुनुभएको उहाँले परराष्ट्रमन्त्री डा महतसँग पहिलोपटक भेट गर्नुभएको हो ।

भेटका अवसरमा द्विपक्षीय हित र आपसी सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र चीनबीच विगतमा भएका विविध समझदारीको कार्यान्वयनका विषयमा पनि सौहार्दपूर्ण रुपमा छलफल भएको थियो ।

भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री डा महतले चिनियाँ राष्ट्रपतिलाई नेपालमा चाँडै स्वागत गर्न चाहन्छौं भन्नुभयो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङलाई हामी नेपालमा चाँडै स्वागत गर्न चाहन्छौंँ र हामी सो भ्रमणको आवश्यक तयारीमा छाँैं– मन्त्री डा महतले भन्नुभयो ।

सो भेटका क्रममा मन्त्री डा महतले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताउनुभयो । रासस


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।