back
CTIZAN AD

परराष्ट्रमन्त्री डा. महतसँग चिनियाँ राजदूतको भेट

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

966 

shares

३ मङ्सिर,काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरवारमा भेटवार्ता गर्नुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूतमा हालै नियुक्त हुनुभएको उहाँले परराष्ट्रमन्त्री डा महतसँग पहिलोपटक भेट गर्नुभएको हो ।

भेटका अवसरमा द्विपक्षीय हित र आपसी सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र चीनबीच विगतमा भएका विविध समझदारीको कार्यान्वयनका विषयमा पनि सौहार्दपूर्ण रुपमा छलफल भएको थियो ।

भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री डा महतले चिनियाँ राष्ट्रपतिलाई नेपालमा चाँडै स्वागत गर्न चाहन्छौं भन्नुभयो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङलाई हामी नेपालमा चाँडै स्वागत गर्न चाहन्छौंँ र हामी सो भ्रमणको आवश्यक तयारीमा छाँैं– मन्त्री डा महतले भन्नुभयो ।

सो भेटका क्रममा मन्त्री डा महतले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १०:३८ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...