back
CTIZAN AD

चिर्पट प्रहार गरी दुईको हत्या

वि.सं.२०७६ असार २५ बुधवार

1.3K 

shares

२५ असार, अछाम । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ ।

स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् ।

उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए । मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो ।

आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छन् । अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ ।

फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । पिरमकुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार ०९:०२ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...