back

खोटाङ सेवा समाज कतारद्धारा धन्जुमाया र झलकमानलाई आर्थिक सहयोग

वि.सं.२०७६ असार २५ बुधवार

462 

shares
GLOBAL IME AD
NTC AD

१० जुलाई, कतार । मिर्गौला र क्यान्सर रोगले पीडित दम्पत्ती धन्जुमाया र झलकमान तामाङलाई खोटाङ सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।

खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्मा आचार्य र बलराम लोप्चनको पहलमा १ लाख ८४ हजार रुपैयाँ संकलन भएको सो रकम खोटाङ सेवा समाज काठमाण्डौंका अध्यक्ष राकेश राई, सदस्य काशिराम आचार्य र खोटाङ सेवा समाज कतारका पूर्व सल्लाहकार चन्द्र शेर राईले पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।

आर्थिक रुपमा विपन्न रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ११ खार्मीका तामाङ दम्पतीले रकम बुझ्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

सोहि अवसरमा खोटाङ सेवा समाज काठमाण्डौंका अध्यक्ष राकेश राईले खोटाङ सेवा समाज कतारले मानविय सेवामा ठूलो भूमिका खेल्दै आएको बताउँदै समग्र खोटाङका असहाय, अपाङ्ग, भैपरी आउने समस्या, प्राकृतिक प्रकोप लगायतमा समाजले आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएको भन्दै धन्यवाद दिएका थिए ।

सोहि अवसरमा खोटाङ सेवा समाज काठमाण्डौंका सदस्य काशिराम आचार्यले ४५–५० डिग्रीको घाममा मासिक १ हजार रियाल तलब लिएर पनि झलकमान तामाङ र धन्जुमाया तामाङ (श्रीमान श्रीमती) को उपचार खर्चका लागि मात्र नभएर नेपाल र नेपालीप्रति दत्तचित्त रहेर सहयोग गरेकोमा समाजका पदाधिकारीलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै खोटाङ सेवा समाज कतारका पूर्वसल्लाहकार चन्द्र शेर राईले खोटाङ सेवा समाज कतार तथा कतारवासी नेपालीले तामाङ दम्पत्तीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेर ठूलो भूमिका निर्वाह गरेको भन्दै समाज तथा कतारवासी नेपालीलाई धन्यवाद दिएका थिए ।

खोटाङ सेवा समाजका पदाधिकारी, हृदयदेखि सामाजिक भावनाले ओतप्रोत भएर सम्पूर्ण नेपालीका लागि हरेक दुःख सुखमा सहयात्री बनेको भन्दै आगामी दिनमा समाजको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

२०५४ सालमा स्थापित भएको खोटाङ सेवा समाज कतारले निरन्तर रुपमा देशका विभिन्न क्षेत्रमा समाजिक कार्यमा काम गर्दै आइरहेको छ ।

वि.सं.२०७६ असार २५ बुधवार ०९:१३ मा प्रकाशित

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ...

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय...

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा...

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...