back
CTIZAN AD

खोटाङ सेवा समाज कतारद्धारा धन्जुमाया र झलकमानलाई आर्थिक सहयोग

वि.सं.२०७६ असार २५ बुधवार

1K 

shares

१० जुलाई, कतार । मिर्गौला र क्यान्सर रोगले पीडित दम्पत्ती धन्जुमाया र झलकमान तामाङलाई खोटाङ सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।

खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्मा आचार्य र बलराम लोप्चनको पहलमा १ लाख ८४ हजार रुपैयाँ संकलन भएको सो रकम खोटाङ सेवा समाज काठमाण्डौंका अध्यक्ष राकेश राई, सदस्य काशिराम आचार्य र खोटाङ सेवा समाज कतारका पूर्व सल्लाहकार चन्द्र शेर राईले पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।

आर्थिक रुपमा विपन्न रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ११ खार्मीका तामाङ दम्पतीले रकम बुझ्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

सोहि अवसरमा खोटाङ सेवा समाज काठमाण्डौंका अध्यक्ष राकेश राईले खोटाङ सेवा समाज कतारले मानविय सेवामा ठूलो भूमिका खेल्दै आएको बताउँदै समग्र खोटाङका असहाय, अपाङ्ग, भैपरी आउने समस्या, प्राकृतिक प्रकोप लगायतमा समाजले आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएको भन्दै धन्यवाद दिएका थिए ।

सोहि अवसरमा खोटाङ सेवा समाज काठमाण्डौंका सदस्य काशिराम आचार्यले ४५–५० डिग्रीको घाममा मासिक १ हजार रियाल तलब लिएर पनि झलकमान तामाङ र धन्जुमाया तामाङ (श्रीमान श्रीमती) को उपचार खर्चका लागि मात्र नभएर नेपाल र नेपालीप्रति दत्तचित्त रहेर सहयोग गरेकोमा समाजका पदाधिकारीलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै खोटाङ सेवा समाज कतारका पूर्वसल्लाहकार चन्द्र शेर राईले खोटाङ सेवा समाज कतार तथा कतारवासी नेपालीले तामाङ दम्पत्तीको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेर ठूलो भूमिका निर्वाह गरेको भन्दै समाज तथा कतारवासी नेपालीलाई धन्यवाद दिएका थिए ।

खोटाङ सेवा समाजका पदाधिकारी, हृदयदेखि सामाजिक भावनाले ओतप्रोत भएर सम्पूर्ण नेपालीका लागि हरेक दुःख सुखमा सहयात्री बनेको भन्दै आगामी दिनमा समाजको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

२०५४ सालमा स्थापित भएको खोटाङ सेवा समाज कतारले निरन्तर रुपमा देशका विभिन्न क्षेत्रमा समाजिक कार्यमा काम गर्दै आइरहेको छ ।

वि.सं.२०७६ असार २५ बुधवार ०९:१३ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...