२५ असार । भोजपुर सदरमुकाममा आज बिहान नेकपा(विप्ल्व) समूह र प्रहरी बीच दोहोरो भिडन्त भएको समाचार प्राप्त भएको छ ।
उक्त भिडन्तमा प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ भने विप्लव कार्यकर्ता नीरकुमार राई’प्रशान्त’को मृत्यु भएको भोजपुर प्रहरी कार्यालयले जानकारी दिएको । हटिया भन्ने ठाउँमा भएको उक्त भिडन्तमा मृत्यु हुने विप्लव कार्यकर्ता राई ओखलढुंगा जिल्ला इन्चार्ज भएको प्रहरीद्वारा जानकारी दिइएको छ ।
प्रहरी जवान सोमनाथ भट्टराई सख्त घाइते भएका छन् भने घटनाको विवरण केही समय पछि आउने बताइएको छ ।
वि.सं.२०७६ असार २५ बुधवार १०:३२ मा प्रकाशित




























