back
CTIZAN AD

बादी समुदायलाई व्यावसायिक तालीम

वि.सं.२०७६ असार २५ बुधवार

1.5K 

shares

२५ असार, जाजरकोट । माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेशा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ ।

दल्लीस्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मार्दै दैनिक घरव्यवहार चलाउँदै आएका बादी समुदाय अब उद्यमशील भएर आत्मनिर्भर बन्नतर्फ स्थानीय सरकारले सहयोग गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

एक महीनाको लामो होजियारी तालीम लिएर यहाँका बादी समुदाय अहिले माछा मार्ने पेशा छोड्दै ऊनी कपडा निर्माण, झोला निर्माण गरी आत्मनिर्भरतातर्फ उन्मुख भएको उनले बताए । सधैँ बिहानदेखि बेलुकासम्म माछा मार्ने (पासा, जाल) सामग्री बुन्दै आएका त्यहाँका महिला अहिले सियो, धागो र मेसिन हातमा लिएर काममा व्यस्त हुने गरेका छन् ।

अब हामी सीप सिकेर आफैँ आत्मनिर्भर बन्नुपर्छ, सधैँ अर्काको भरमा पर्नु हुँदैन भन्ने चेतनाको विकास भएको नलगाड नगरपालिका–७ की निर्मला बादीले बताइनन् । उनले भनिन्, “नगरपालिका र घरेलु साना उद्योग विकास समितिले सहयोग गरेपछि हामी नयाँ सीप सिकेर उद्यमी बन्ने बाटोतिर गएका छौँ ।” त्यस्तै अर्की लक्ष्मी बादी आजभोलि आमालाई साथमा लिएर दैनिक कपडा बुन्ने काममा लागेका छन् ।

उनले पहिलो चरणमा निर्माण गरेका कपडा नगरपालिका र घरेलु उद्योग विकासका कर्मचारीलाई हस्तान्तरण गरेका छन् । नगरपालिका र घरेलुले संयुक्तरूपमा सहयोग गरेपछि त्यहाँका १० घर बादी समुदायका महिलाले अहिले नयाँ व्यवसायको थालनी गरेको अर्की भुमिका बादीले बताइनन् ।

अर्को पेशा गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभाव हुँदा दैनिक माछा मार्ने काम गरिरहेका थियौँ, त्यही माछा पनि वैशाख १ गतेदेखि नगरपालिकाले मार्न नदिएपछि हामी निरास भएको थियौँ, अब होजियारीको तालीम र सामान पाएका छौँ । अब ढुक्कसँग पेशा बदल्छौँ ।”

अहिले जलचरप्राणी नदीमा सकिएको भन्दै नलगाड नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएको छ । माछा मार्ने काम ठप्प भएका बादी समुदायलाई खाद्यान्न दिएर दैनिक परिवार पाल्दै आएको नगरपालिकाले अहिले होजियारी तालीम दिएर पेशा बदल्नतर्फ प्रेरित गरेको बादी अगुवा तिले बादीले बताए ।

होजियारीसँगै नगरपालिकाले मादल र लोपोन्मुख बाजा निर्माण गर्न र त्यसका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको तिलेले बताए । आउँदो हरीतालिका तिज र दशैँलाई लक्षित गरेर मादल र अन्य बाजा निर्माण गर्न नगरले सहयोग गर्ने सल्लाह पाएका बादी समुदाय अब व्यवसाय परिवर्तन गरी काममा लागेको बताउँछन् ।

वि.सं.२०७६ असार २५ बुधवार १०:१० मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...