back

चीनमा मृत्युदण्ड

वि.सं.२०७६ असार २५ बुधवार

669 

shares

२५ असार, शेनयाङ ।  चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २० जना घाइते भएका थिए ।

हान जिहुवा नाम गरेका अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए । गत वर्ष नोभेम्बर २२ मा भएको उक्त घटनामा दुई शिक्षक पनि घाइते भएका थिए ।

उक्त घटनापछि फरार भएका ती गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ । अपराधको प्रकृति र सामाजिक असर दुवै पक्षलाई अध्ययन गरी मृत्युदण्ड दिइएको अदालतले जनाएको छ ।

वि.सं.२०७६ असार २५ बुधवार १०:०० मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...