back

अतिविपन्नलाई सौर्य उपकरण वितरण

वि.सं.२०७६ असार २५ बुधवार

696 

shares

२५ असार, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले अतिविपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरेको छ ।

गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी २० घरधुरीलाई सौर्य उपकरण (सोलार) वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। थापाका अनुसार बन्दीपुर गाउँपालिका–१, २, ३, ६ लगायतका विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको छ ।

वितरण गरिएको सौर्य उपकरणको मूल्य प्रतिसोलार रु २१ हजार छ । उक्त सोलारबाट चारवटासम्म बत्ती बाल्न पुग्छ । “उज्ज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँहरुमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो”, थापाले भने । गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् ।

बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलगायतले सोलार पाएपछि घरमा बत्ती बाल्न सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे ।

अहिलेसम्म टुकीको भरमा बत्ती बाल्दै आए पनि सौर्य उपकरण पाएपछि भने घर नै उज्यालो हुने भएको स्थानीयवासी शान्ति चेपाङले बताए। उनले भने “बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था थिएन, गाउँपालिकाले सौर्य उपकरण दियो खुशी लागेको छ ।”

वि.सं.२०७६ असार २५ बुधवार १०:४५ मा प्रकाशित

Himalayan Life AD
दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

स्याङ्जामा देवकोटा साहित्य उत्सव– २०८२ सम्पन्न

स्याङ्जामा देवकोटा साहित्य उत्सव– २०८२ सम्पन्न

भीरकोट, बलमाटा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...