२६ असार , काठमाडौँ । सर्वाेच्च अदालतले सशस्त्र द्वन्द्वकालको व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादीका नेता अग्निप्रसाद सापकोटा लगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश गरेको छ ।
प्रधानन्यायधीश चोलेन्द्रशमशेर राण, न्यायधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरीकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार सापकोटा लगायतविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश दिएको हो । ‘आयोगमा उजुरी दिएको छ कि छैन ? उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए सो पनि अदालतलाई जानकारी दिनू’ आदेशमा भनिएको छ । सर्वाेच्चले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा आफूलाई जानकारी गराउन समेत आदेश दिएको छ । बिहीबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ असार २६ बिहीवार ०८:०६ मा प्रकाशित






























