back
CTIZAN AD

अफगानिस्तानमा २० लडाकू मारिए

वि.सं.२०७६ असार २६ बिहीवार

735 

shares

२५ असार, कुन्दुज ।  सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा थप २० भन्दा बढी लडाकू मारिएका छन् ।

देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिवान लडाकूहरू मारिएका हुन् ।

सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मङ्गलबार राति अबेर आक्रमण भएको हो ।

उनले इमाम सहिब जिल्लाको क्युर्घाम तापा क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरूले लडाकुहरूलाई लक्षित गरेर आक्रमण गरेको जानकारी दिए ।

प्रवक्ता कारिमीले लडाकूतर्फ अरू दश जना घाइते पनि भएको बताएका छन । तर सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा भने केही भनेका छैनन ।

भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौँ स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

वि.सं.२०७६ असार २६ बिहीवार ११:१५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...