back
CTIZAN AD

घुस मागिरहेको अवस्थामा ओली पक्राउ

वि.सं.२०७६ असार २७ शुक्रवार

1.5K 

shares

२७ असार, काठमाडौँ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख धनबहादुर ओली घुस मागिरहेको अवस्थामा पक्राउ परेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख ओलीले शिक्षक सरुवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले ओलीलाई पच्चीसहजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा नियमसम्मत सरुवा गर्नुपर्नेमा त्यसो नगरी आफ्नो पदीय जिम्मेवारीको ख्याल नगरी बद्नियतपूर्वक काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग घुस लिएको अनुसन्धान टोलीले बताएका छन् ।

ओलीललाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम बिगो २५ हजार रुपैयाँ सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको बताइएको छ ।

वि.सं.२०७६ असार २७ शुक्रवार १३:०९ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...