Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

घुस मागिरहेको अवस्थामा ओली पक्राउ



२७ असार, काठमाडौँ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख धनबहादुर ओली घुस मागिरहेको अवस्थामा पक्राउ परेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख ओलीले शिक्षक सरुवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले ओलीलाई पच्चीसहजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा नियमसम्मत सरुवा गर्नुपर्नेमा त्यसो नगरी आफ्नो पदीय जिम्मेवारीको ख्याल नगरी बद्नियतपूर्वक काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग घुस लिएको अनुसन्धान टोलीले बताएका छन् ।

ओलीललाई भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम बिगो २५ हजार रुपैयाँ सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले