३०असार, काठमाडौँ । विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरुले विगत पाँच वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेको भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ ।
गैससले गर्ने खर्चको प्रभावकारी रुपमा अनुगमन हुन नसक्दा विपद्को नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको छ । आइएनजीओहरुले विपद् व्यवस्थापनका लागि भन्दै बसैनि औसत ५ अर्ब रुर्पैयाँ खर्च गरे पनि सरकारले सो खर्चको पारदर्शिताबारेसमेत कुनै अनुगमन गर्न सकेको छैन ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद् व्यवस्थापनका नाममा विभिन्न १४३ वटा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले मुलुकमा विभिन्न जिल्लामा काम गरिरहेका छन् तर उनीहरुले कामकाजमा बढी र फिल्डमा अत्यन्तै कम देखिन गरेको केन्द्रका उपसचिव वेदनिधि खनालले जानकारी दिए । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ असार ३० सोमवार ०८:५६ मा प्रकाशित





























