३० असार, काठमाडौँ । भेनेजुएलाका राष्टपति निकोलस मादुराका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौँमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौँ आइपुगेको उनीहरुको टोलीमा ११ जना छन् ।
चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिष्ट नेताहरुसँग भेटघाट गर्नेछन् । त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन् । सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौँ आएको हो ।
भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवातजावात गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ प्रवेश गरेका थिए । नेपालका लागि भेनेजुएला आवासीय राजदूत कारोमोतो गेदाई क्याल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए । सोमबारको अन्नपूर्ण पोस्टबाट