back
CTIZAN AD

साउदी अरबमा २०६ औं भानु जयन्ती मनाईयो

वि.सं.२०७६ असार २९ आइतवार

858 

shares

२९ असार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टर र साहित्यिक चौतारी नेपाल शाखा साउदी अरबको संयुक्त आयोजनामा २०६ औं भानु जयन्ती तथा रचना बाचन गजल महफिल, साउदी अरब स्थित रियादको रमाद होटलको सभाहलमा विशेष कार्यक्रमका साथ भव्यरूपमा सम्पन्न भएको छ ।

साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ गजलकार लाल बहादुर क्षेत्री बगाले प्रमुख अतिथि, पारिवारिक समाज नेपाल साउदी अरबका अध्यक्ष एवं सृजना सांस्कृतिक समूहका अध्यक्ष तथा कास्की सेवा समाजका संरक्षक अमृत पौडेल विशेष अतिथि तथा विभिन्न संघसंस्थाको प्रमुख तथा प्रतिनिहरूको आतिथ्यमा विभिन्न साहित्य स्रष्टाहरूले आ– आफ्ना रचनाहरू वाचन तथा आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै आदिकविले नेपाली भाषा, साहित्य, कला, र संस्कृतिमा पु¥याएको योगदानको विषयमा चर्चा परिचर्चा गरेका थिए ।

अनेसास साउदीका महासचिव अरुण बेल्बासे ‘रोज’ र साहित्यिक चौतारि शाखा साउदीका महासचिव घाएल तिवारी घनस्यामद्वयले पालैपालो कार्यक्रम सन्चालन गरेका थिए । साहित्यमा रूचि राख्ने, साहित्यमा कलम चलाउने साहित्य प्रेमी नेपाली जनसमुदायको बाक्लो उपस्थितको माझ “गजल महफिलमा” साउदी अरबमा रहेका गजलकारहरु मध्ये १० जना गजलकारहरु : ईम राना मगर “उजाड, निरु बस्नेत “निरु, प्रकाश शर्मा “पिके” अरुण बेलबासे “रोज, लालबहादुर थापा “बगाले”, जितु “गाउले”, भिमबहादुर बिका, घायल तिवारी “घनश्याम”, कविराज “कन्चन” र बिमल गौतमले ५ र ५ र वटा गजल वाचन गरेर कार्यक्रमको शोभा बढाएका थिए ।

यसै कार्यक्रममा अनेसास साउदी च्याप्टरले आफ्ना आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण पत्र हस्तान्तरण गरेको थियो भने, साहित्यिक चौतारी शाखा साउदी र म्ह्ल् साउदी रियादका नेपाली समुदायले साउदी अरबको रोजगारीलाई बिटमार्दै नेपाल फर्कदै गरेका साहित्यिक चौतारी नेपालका सल्लाहकार तथा गजलकार लालबहादुर क्षेत्री बगाललाई विदाई कार्यक्रम पनि राखेका थिए । पिटी अनलाइन, लालईन्टरटेन्मेन्ट र अन टाईम टिभिले कार्यक्रमको प्रत्येक्ष लाईभ प्रसारण, भिडियो रेकर्डिङ तथा फोटो ग्राफरको भूमिका निभाएका थिए ।

कार्यक्रम नेपाली राष्ट्रिय गान संगै सुरु गरिएको थियो कार्यक्रमको स्वागत मन्तव्यमा साहित्यिक चौतारीका अध्यक्ष कबिराज कन्चनले उपस्थित सबैलाई स्वागत गर्दै भानुभक्तको स्मरण गराउदै संस्कृतिमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेको भन्दै प्रसंशा गरेका थिए ।

उक्त कार्यक्रममा अमृत पौडेल, दिपक रेग्मी, रुपक वाईबा तामाङ्ग, परशुराम मिश्र र मदन ओडारी लगायत अन्य व्यक्तिहरुले मन्तब्य राख्दै आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य, कला, र संस्कृतिमा पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अनेअसास साउदी च्याप्टरका अध्यक्ष तथा यस कार्यक्रमका सभापति नमराज लामिछानेले उपस्थित संघ संस्थाका प्रतिनिधिहरु लगायत सबैलाई धन्यबाद दिदै बि.स. १८७१ मा तनहुँ जिल्लामा जन्मिएका आदिकवि भानुभक्त घाँसीबाट प्रभावित भाइ समाज र राष्ट्रको लागि केहि गर्नु पर्छ भनेर लागेका थिए । आदिकविले नेपाली भाषा सस्कृति लगायत विभिन्न क्षेत्रमा पु¥याएको योगदानहरुको बारेमा प्रसंशा गर्दै आदिकबि भानुभक्तको बारेमा कविता समेत बाचन गरेर सुनाएका थिए ।

वि.सं.२०७६ असार २९ आइतवार २०:१७ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...