१५ जुलाई, लेगोस, नाइजेरिया । गैरआवाशिय नेपाली संघ (एनआरएनए) नाइजेरियाको सातौ साधारणसभा रोशन थापालाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
जुलाई १४ का दिन नाइजेरियाको लेगोसमा सम्पन्न सातौ बार्षिक साधारणसभाले सन् २०१९–२०२१ का लागि सर्वसम्मतिमा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तराष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष हिक्मत थापाले सन् २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरियाले एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफूलाई स्थापित गराउँदै लगेको र एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गरेका थिए ।

त्यसैगरी साधारण सभामा आईसिसि महिला उपसंयोजक मन थापा, आईसीसी सदस्य चिरञ्जिबी रोका, पूर्बअफ्रिका उपसंयोजक बिदुर घिमिरे र उपाध्यक्ष बिरेन्द्र गुप्ताले मन्तब्य व्यक्त गरेका थिए भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गरेका थिए ।

साधारणसभाले सन २००१९–२१ का लागि आइसीसी सदस्यमा बिश्वास पौडेललाइ चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता, उर्मिला रोका, सुशील गिरी, महासचिवमा अभिषेक मान सिंह, सचिबमा रोहित भाङ्गर, सोमेश अर्याल, कोषाध्यक्षमा रमेश गुप्ता, सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल, राजु धिताल, इन्द्र टन्डन, बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्बाचित भएका छन् । कार्यसमितिको महिला संयोजकमा सावित्री गुप्ता र युवा संयोजकमा फिरोज आलम निबार्चित भएका छन ।

त्यसैगरी समितिको सल्लाहकारमा हिक्मत थापा, चिरञ्जीवी रोका, बिदुर घिमिरे, संजय थापा र शंकर बर्मा चन भएका छन् ।
साधारणसभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सांस्कृतिक कार्यक्रमको तेश्रो शृखंला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ ।
वि.सं.२०७६ असार ३० सोमवार ०९:२० मा प्रकाशित




























