३० असार, काठमाण्डौ । गोदावरी नगरपालिका – थेचोमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना प्रक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले यही १३.१५ बजे ललितपुर गोदावरी नगरपालिका १२ थेचोमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
सोही ठाउँ बस्ने पाँचथर आङसराङका राम बहादुर तामाङ सहित ५ जनालाई नगद ४५ हजार २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।