३० असार, धनुसा । धनुषामा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका(२ राधापुरस्थित सडकमा ना.३७ प ६२१२ नम्बरको मोटरसाइकल गत बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने ४० वर्षीय बोध बहादुर हमालको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।