back
CTIZAN AD

वर्षातका बेला यी खानेकुरालाई बाई-बाई भन्नु नै राम्रो हुन्छ

वि.सं.२०७६ असार ३० सोमवार

957 

shares

वर्षाको मोैसम छ । वर्षाका कारण देशभरीको जनजीवन प्रभावित बनिरहेको छ । वर्षाकै कारण विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखिएका छन् ।

वर्षाको बेला धुलो नउड्ने र हरियाली हुने हुनाले विभिन्न ठाउँमा घुमिफिर गर्नका लागि मन तानिन्छ । तर, बाहिर घुम्न जाँदा बाटोको छेउँछाउमा राखिएका खानेकुराले सबैको मन तानेको हुन५ । तर, बाटोको छेउँछाउँमा बेच्न राखिएका खानेकुरा नखानुनै राम्रो हुन्छ । वर्षाका बेला पानी मार्फत् विभिन्न प्रकारका संक्रमण र विरामी हुने सम्भावना बढी हुन्छ । यसकारण बाहिर हिड्दा चटपटे, पानी पुरी लगायतका विभिन्न खानेकुरा नखानुनै राम्रो भन्छन् स्वास्थ्य विज्ञहरु ।

स्वास्थविज्ञका अनुसार वर्षाको मौसममा दहि नखानुनै राम्रो हुन्छ । बर्षाको बेलामा दहि खानाले रुघाखोकीको समस्या बढ्छ ।

त्यस्तै वर्षाको मौसममा बारी तथा जंगलमा विभिन्न प्रकारका च्याउ उम्रिएको पाइन्छ । स्वस्थ्यविज्ञका अनुसार त्यसप्रकारका च्याउ नखानुनै स्वास्थ्यका लागि फाइदा हुन्छ । च्याउ माटोमा उम्रने भएको हुनाले च्याउमा विभिन्न प्रकारका संक्रमण र व्याक्टेरिया हुने सम्भावना बढी हुन्छ ।

बजारमा मिठो र तातो तातो धुँवा पुत्ताएको देखिने समोसा चार्टले कसको मुख पो नरसाउला ! तर, वर्षातको मौसममा बाहिर बाटोमा राखिने त्यस्ता खाद्यपदार्थ स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । त्यसमा राम्रो र सफा पानी प्रयोग नगरिनाले पेटको संक्रमण र जन्डिस जस्ता समस्या बढ्ने गर्दछ ।

त्यस्तै वर्षाको बेला सामुद्रिक खानाबाट पनि बच्न सल्लाह दिन्छन् स्वास्थ्यविज्ञ । मनसुनका बेला नै माछा तथा झिंगा माछाहरुको प्रजननको समय मानिन्छ । त्यसकारण यस्तो समयमा माछालगायतका सि फुड नखानुनै राम्रो हुन्छ । साथै वर्षाको मौसममा कुखुरा, खसी लगायतका मासु पनि नखानुनै राम्रो मानिन्छ ।

त्यस्तै वर्षाको बेला काँचै खानुपनि स्वास्थ्यमा खतरा हुनसक्छ । खाद्य विशेषज्ञहरु प्रायजसो काँचै खानु राम्रो हुन्छ भन्ने सल्लाह दिन्छन् । तर,मनसुनका बेला व्याक्टेरियाबाट बच्नका लागि काँचै खान मिल्ने वस्तु पनि पकाएर या उमालेर खानु राम्रो हुन्छ ।

वर्षाको बेलामा सडकका छेउछाउँमा रहेका फलफूल पसल वा खुलारुपमा बनाइएको फलफूलको जुश पनि नखानुनै स्वास्थ्यलागि फाइदाजनक मानिन्छ । जुश बनाउने क्रममा प्रयोग गरिने पानी शुद्ध र सफा नहुने हुनाले जुश खानु परेको बेला फलफूल घरमै ल्याएर जुश बनाएर तुरुन्त पिउनु राम्रो मानिन्छ ।

वर्षातको मौसममा पानी परिरहेको बेला घरमा बसेर तेलमा तारेको तातो–तातो खानेकुरा खानु सबैलाई मन लाग्छ । तर, तारेको खानेकुराले पाचन प्रक्रियामा असर पार्ने र आँतलाई असन्तुलित बनाइदिन्छ । वर्षाको मौसममा समसा, जेरी, नमकिन तथा तारेको माशुजन्य पदार्थ पनि नखानुनै राम्रो मानिन्छ ।

वि.सं.२०७६ असार ३० सोमवार १३:१६ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...