back
CTIZAN AD

विद्यालय दिउँसो चलाउन अटेर

वि.सं.२०७६ असार ३१ मंगलवार

1.2K 

shares

३१ असार, बागलुङ । बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ ।
यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिइए पनि केही विद्यालयले अटेर गरेपछि सोमबार पुनः परिपत्र गरिएको शिक्षा शाखाका उपसचिव डण्डपाणी शर्माले बताए । “केही विद्यालयले कक्षा ११ मा बिहानी सत्रका लागि भर्ना लिएको पाइएको छ”, उनले भने , “अब पनि अटेर गरेर बिहानै कक्षा चलाए कानूनी कारवाही हुन्छ ।” परिपत्रमा बिहानी सत्रका लागि भर्ना नलिन र अनिवार्य रूपमा बिहान १० बजेबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।
नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुशी बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । उपसचिव शर्माका अनुसार सामुदायिकतर्फ सदरमुकामस्थित विद्यामन्दिर र कालिका कन्या माविले बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । संस्थागततर्फ १० बढी विद्यालयले बिहानी कक्षा चलाइरहेका छन् । शिक्षा विभागले पनि तीन वर्षअघि नै विद्यालय तहका सबै कक्षा दिउँसो चलाउन निर्देशन दिएको थियो । विसं २०७३ देखि नै देशभरका विद्यालय कक्षा दिउँसो सञ्चालन गर्ने नीति बनेको थियो ।

तीन वर्ष बितिसक्दा पनि कतिपय विद्यालयले नीति कार्यान्वयनमा बेवास्ता गरिरहेका छन् । बागलुङ नगरसभाले पनि विद्यालय शिक्षाका सबै कक्षा दिउँसो सञ्चालन गर्ने गरी नीति पारित गरेको छ । दिउँसोको कक्षाले शिक्षण सिकाइमा सुधार आउने उपसचिव शर्माको भनाइ छ ।
“बिहानमा शिक्षकले कक्षा नै थोरै समय लिने समस्या छ”, उनले भने “शिक्षक, विद्यार्थीलाई धपेडी हुने, थाक्ने पनि हुन्छ ।” बिहानी कक्षा चल्ने विद्यालयका कतिपय शिक्षक दिउँसो अन्य विद्यालय र क्याम्पसमा अध्यापन गर्छन् । बिहानी कक्षा चलाउने विद्यालयले शिक्षक र भवन अभावको कारण देखाउने गरेका छन् । केहीले भवन निर्माण भइसक्दा पनि दिउँसो कक्षा चलाउन मानेका छैनन् । कक्षा ११ दिउँसो सञ्चालन गर्ने तयारी भइरहेको विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले बताए ।
“हाम्रोमा पाँच शङ्कायको पढाइ हुन्छ”, उनले भने , “तत्काल सबै कक्षा दिउँसो सार्न सम्भव छैन, विस्तारै शुरु हुन्छ ।” उनले संस्थागत विद्यालयलाई पनि दिउँसो कक्षा सञ्चालनका लागि कडाइ गर्नुपर्ने बताए । संस्थागत विद्यालयले अहिले बिहानी सत्रमै धमाधम भर्ना लिइरहेका छन् ।

वि.सं.२०७६ असार ३१ मंगलवार ११:४० मा प्रकाशित

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...