Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

राप्रपा नेपालको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित



४ मङ्सिर, काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भोलिदेखि पोखरामा हुने भनिएको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित भएको छ ।

यही मङ्सिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुन लागेको एकीकरणका लागि स्थगित भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यही मङ्सिर ६ गते प्रज्ञा भवनमा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको घोषणासभा गर्नु परेकाले आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको पूर्ण बैठक तथा भ्रातृ सङ्गठनको महाधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार आइतबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भने काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

त्यसैगरी, बैठक दुई पार्टीकाबीच हुन लागेको एकीकरणका बारेमा छलफल गरी एकीकरणको प्रयासका लागि विभिन्न क्षेत्र तथा स्थानबाट भएको सहयोगको मूल्याङ्कन गर्दै सैद्धान्तिकरुपमा उक्त सहमति पारित गर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको