back
CTIZAN AD

रेडक्रसबाट प्रारम्भिक सर्वेक्षण र राहत वितरण तीब्र

वि.सं.२०७६ साउन २ बिहीवार

972 

shares

२ साउन, काठमाडौँ । मनसुन सुरु भएसँगै करिव चार लाख ५२ हजार मानिसहरु प्रभावित भएका छन् । मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएका र ४० हजार घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ । यो तथ्याँक वढी प्रभावित देशका ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरणमा आधारित रहेको हो ।

बुधवारसम्म नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण गरिसकिएको छ ।

यसका अलावा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ । उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताएका छन् ।

शुक्रबार सम्म प्रारभ्भिक द्रुत सवेक्षणको प्रतिवेदन तयार हुने

नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताएका छन् । निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउने बताए ।

यसैबीच, प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारभ्भिक द्रुत सर्वेक्षण सुरु गरिएको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ हिजै पुगेका छन् ।

सर्लाहीपुगेका विशेषज्ञ सन्तोष न्यौपानेले टेलिफोनमा भने “म चक्रघट्टामा खोलाको किनारमा बस्तीरहेका मानिसहरुको घर, चर्पी भत्केर दयनीय अवस्थामा बसेको देख्दा भावुक भएँ ।” स्थानीय सरकारका प्रतिनिधिहरुसँगै त्यहाँ पुग्ने रेडक्रस पहिलो भएको मानिसहरुले बताइरहेका छन् ।

सर्लाहीमा मात्रै करिव ११ हजार घर भत्केको प्रारभ्भिक तथ्याँक आएको र जिल्ला विपद समन्वय समितिले त्यसलाई आजै अनुमोदन गरेसँगै तत्काल राहत सुरु गरिने न्यौपानेले बताए।

स्वास्थ्य समस्या वढ्न नदिन सहयोग

डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलावा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

पौडेलले भने – “सर्पदंशबाट वच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो शन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै शन्देशहरु प्रभावकारी हुन्छन् । ” पानी सुद्धिकरणको लागि एकलाखवटा ट्यावलेट र सरसफाई प्रवर्धन को लागि पाँचसय सावुन प्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

आपतकालीन तटबन्धको लागि सहयोग

अविरल बर्षा सुरु भएसँगै शुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा ८०० वोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् ।

हटलाईन ११३० सहयोगी

महोत्तरीको बालुवाबाट जिवझ साहले सहयोगको लागि निशुल्क टेलिफोन हटलाइन ११३० मा जानकारी दिने वित्तिकै महोत्तरीको प्रतिकार्य समूहलाई यसबारे थाह दिइएको थियो ।

त्यहाँबाट साहले वडा नं ६ मा १०० घर डुवेका, औषधि पसलपनि बन्द भएको र खानेकुरा नपाएकोले सहयोगको लागि डायल गरेका थिए ।

झापा, उदयपुर, रौतहटबाट पनि यस्ता थुप्रै सूचनाहरु आइरहेका छन् जसले अवस्थाबारे बुझ्न र सम्बन्धित निकायमा सम्पर्क गर्न सहज बनाएका छन् ।

वि.सं.२०७६ साउन २ बिहीवार १२:४५ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...