back
CTIZAN AD

पहिरोले मेची राजमार्ग अवरुद्ध

वि.सं.२०७६ साउन २ बिहीवार

1.1K 

shares

२ साउन मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताएका छन् ।

सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उनले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन आज दिनभर लाग्ने उनको भनाइ छ ।

यो राजमार्गबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका तिम्सिनाको भनाइ छ ।

वि.सं.२०७६ साउन २ बिहीवार १२:२२ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...