२ साउन, तनहुँ । ब्यास नगरपालिकामा बलत्कारको अभियोगमा एकजना पक्राउ परेका छन् ।
तनहुँ, ब्यास नगरपालिका– ७ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका– ७ तल्लो नरङ्गा बस्ने१९ वर्षीय नबिन थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र अस्थायी प्रहरी पोष्ट कलेष्टिबाट संयुक्त रुपमा खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
वर्दिया,बारबर्दिया नगरपालिका– ४ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ पदनाह बस्ने ४२ वर्षीय रमेश थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थारुले ती बालिकालाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।