३ साउन, सर्लाही । रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव ५० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।
यादवले सेवाग्राहिसँग गाउँपालिकाको बजेटबाट विद्यतु् जडान गर्ने (विद्युत्को पोल, तारा, ट्रान्सफरम) कार्यको प्राविधिक मूल्यांकन सहितको कार्य सम्पन्न प्रतिवेदन तयारी गरी भुक्तानी दिन सहज गराइ दिए बापत सेवाग्राहिसँग सो घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई ५० हजार घुस लिइरहेको अवस्थामा विहिबार मलंगवा नगरपालिका वडा नं १० अशोका होटलबाट रकम सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।
वि.सं.२०७६ साउन ३ शुक्रवार १३:१३ मा प्रकाशित






























