बैतडी मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
बैतडी, सुर्नाया गाउँपालिका–२ स्थित सडकमा से १ प १११४ नम्बर र म२ प ६६३३ नम्बरका २ मोटरसाइकल बिहीबार दिउँसो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका से१ प १११४ नम्बरको मोटरसाइकल चालक सुर्नाया गाउँपालिका–१ का वडा अध्यक्ष कलश बहादुर चन्दको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा मृत्यु भएको छ ।
म२ प ६६३३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।