back
CTIZAN AD

विष्फोटनमा परी १ जनाको मृत्यु, ४ जना घाइते

वि.सं.२०७६ साउन ३ शुक्रवार

861 

shares


३ साउन ,कैलाली । धनगढी उपमहानगरपालिका–४ स्थित निलम होटल बाहिर बिष्फोट भएको छ ।
बिहीबार राति हाल नाम नखुलेको बिस्फोटक पदार्थ बिष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
विष्फोटनामा परी गम्भीर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका(१ कैलाश बस्ने २५ वर्षीय रामबहादुर सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै विष्फोटनमा परी घाइते भएका उक्त होटलका संचालक धनगढी उपमहानगरपालिकाका ४० वर्षीय केशबराज पाण्डे, कञ्चनपुर बेल्डाडी नगरपालिकाका ३० वर्षीय लक्ष्मण सेराला, कैलाली धनगढी उपमहानगरपालिकाका ३८ वर्षीय जितेन्द्र यादब र भारतीय नागरिक धनगढी उपमहानगरपालिकाका ३५ वर्षीय मोबिन खान सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचार भइरहेको छ भने केशबराज पाण्डेलाई भने नेपालगंज रिफर गरिएको हो ।

केही व्यक्तिहरु उक्त होटलको टेबुलमा बसी चिया पिउँदै गरेको अवस्थामा विष्फोट भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि अस्ताल पठाएको थियो । साथै प्रहरीले सोही होटलको बाहिर चाईनिज पेस्तोल १ थान, से.७ प ३१४४ नम्बरको मोटरसाइकल, डायरी १ थान, रिमोट जस्तो देखिने बस्तु १ थान र टेस्टर १ थान समेत फेला पारेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन ३ शुक्रवार १३:४५ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...