Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

विष्फोटनमा परी १ जनाको मृत्यु, ४ जना घाइते




३ साउन ,कैलाली । धनगढी उपमहानगरपालिका–४ स्थित निलम होटल बाहिर बिष्फोट भएको छ ।
बिहीबार राति हाल नाम नखुलेको बिस्फोटक पदार्थ बिष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
विष्फोटनामा परी गम्भीर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका(१ कैलाश बस्ने २५ वर्षीय रामबहादुर सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै विष्फोटनमा परी घाइते भएका उक्त होटलका संचालक धनगढी उपमहानगरपालिकाका ४० वर्षीय केशबराज पाण्डे, कञ्चनपुर बेल्डाडी नगरपालिकाका ३० वर्षीय लक्ष्मण सेराला, कैलाली धनगढी उपमहानगरपालिकाका ३८ वर्षीय जितेन्द्र यादब र भारतीय नागरिक धनगढी उपमहानगरपालिकाका ३५ वर्षीय मोबिन खान सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचार भइरहेको छ भने केशबराज पाण्डेलाई भने नेपालगंज रिफर गरिएको हो ।

केही व्यक्तिहरु उक्त होटलको टेबुलमा बसी चिया पिउँदै गरेको अवस्थामा विष्फोट भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि अस्ताल पठाएको थियो । साथै प्रहरीले सोही होटलको बाहिर चाईनिज पेस्तोल १ थान, से.७ प ३१४४ नम्बरको मोटरसाइकल, डायरी १ थान, रिमोट जस्तो देखिने बस्तु १ थान र टेस्टर १ थान समेत फेला पारेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम