आकाशै घोप्टिएर पखाल्ने निरर्थक प्रयत्न
किन गर्दो हो बादल असफल प्रयत्न
पखालिन्न ए ! –मान्छेको भित्री तहको बिषादी अवशेष
लागेर बसेको छ अनेक बद्नियतको ओत ।
जो श्वासले तान्थे ,निल्थे र सहन्थे
रसायनिक र जैविक हमला भन्दा बेहतर हमला
मानसिक हमला त सहेथे
आणविक हतियार भन्दा के कम थे
पाशविक हमला थाम्थे
यस्ता वीर पहाडले के नसहलान् बादलको पिल्साई
यस्ता महान हिमालले के नथाम्लान् पीडा आतातायी ।
छालले मन्द हल्लिरहेका नदी किनारका झाडी झैं
कुहिराका मुतमा छिपछिपे खेलिरहेका भ्यागुता झैं
जानाजान निरीहताको घुम ओढेर ।
वि.सं.२०७६ साउन ४ शनिवार ०९:०६ मा प्रकाशित






























