back
CTIZAN AD

कविता : छिमेकी

वि.सं.२०७६ साउन ४ शनिवार

1.1K 

shares


जिजुबाजेको पालाभन्दा
कयौं वर्ष अगाडीदेखिको हाम्रो छिमेकी
किन बारम्बार हाम्रै परिवारमाथि
हमला गरिरहन्छ हँ ?

म सानो छँदा
उसले लालिपप खुवाउँदै सोधेथ्यो
तिम्रो घरमा कोकोेले के के कुरा गर्छन् ?
बा र काका झगडा गर्छन् कि गर्दैन् ?
आमा र काकी बोल्छन् कि बोल्दैनन् ?
दाइहरु अंशबन्डाको विषयमा के भन्छन् ?
लालिपपको गुलियोमा भुल्दै
मैले घरका सबै सबै कुरा
छिमेकीलाई भन्दै गएँ
उनी सुन्दै गए
तर के थाहा
छिमेकीले
मेरो सुन्दर घर भाँडिदिन्छ भन्ने ।

छिमेकीकै कुराले बा र काका
वर्षौँवर्ष नबोलेरै मरेर गए
आज दाईहरु एकआपसमा
दुश्मनी बनिरहेका छन् ।
बाको ज्यूनी कसरी भाग लगाउने
आमालाई कसले पाल्ने
बहिनीको बिहे कसले गरिदिने
यावत कुराहरुमा दाइहरु मनमुटाव गरिरहन्छन्
घरी मिलेको जस्तो गर्छन्
घरी गाउँनै थर्कने गरि चिच्याउँछन्
घरी आफू रुँदै छिमेकी हसाउँछन् ।

दाइहरु लडिरहेका छन्
म र आमा रमिते बनिरहेका छौं
छिमेकी बार्दलीमा बसेर
अर्काे पुस्ताको लागि षडयन्त्र रचिरहेछ ।

वि.सं.२०७६ साउन ४ शनिवार ०९:०९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...