back
CTIZAN AD

शिक्षक लाईसेन्स : प्राथमिक तहको नमुना वस्तुगत प्रश्नोत्तर संगालो

वि.सं.२०७६ साउन ६ सोमवार

6.7K 

shares

६ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने बहुवैकल्पिक प्रश्न लिएर आएका छौं ।

यस खण्डमा ४० अङ्का १ अङ्कभारका दरले ४० वटा प्रश्नहरु सोधिनेछन् । प्राथमिक तहमा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरु

तह :प्राथमिक पूर्णाङ्क : ४०

१. जिल्ला शिक्षा समितिमा कति जना सदस्य रहने व्यवस्था छ ?
क. ७ जना ख. ९ जना
ग. १४ जना घ. १५ जना

२. राष्ट्रिय परीक्षा बोर्डमा कति जना सदस्य रहने व्यवस्था रहेको छ ?
क. ७ जना ख. ९ जना
ग. ११ जना घ.१३ जना

३. शिक्षक सेवा आयोगमा कम्तिमा एकजना महिलासहित कति जना सदस्य हुन्छन् ?
क. ५ जना ख. ३ जना
ग. ७ जना घ. ९ जना

४. शिक्षक सेवा आयोगका सदस्यहरुको सिफारिस गर्न गठित समितिका अध्यक्षता कस्ले गर्छ ?
क. महान्यायाधिवक्ता ख. लोकसेवा आयोगको अध्यक्ष
ग. लोकसेवा आयोगको सचिव घ. माथिका कुनै पनि होइन ।

५. शिक्षक अभिभावक संघमा बढीमा कति जना सदस्य हुन्छन् ?
क. ९ ख. १०
ग. ११ घ. ५

६. शैक्षिक जनशक्ति विकास परिषदको अध्यक्ष को हुनछ ?

-शिक्षामन्त्रि वा राज्यमन्त्री
७.एक शैक्षिक सत्रमा काम गर्ने दिन कति दिन हुनुपर्छ ?

-कमसेकम २ सय २० दिन

८. महिला शिक्षिकाको परीक्षणकाल कति हुन्छ ?

क. १ वर्ष ख. ६ महिना
ग. ९ महिना २ वर्ष

९. आरक्षणको समूह कति छन् ?
क. ६ ख. ४
ग. ५ घ. ८

१० शिक्षक पदका लागि उमेद्वार हुन रमेरको हद कति हो ?
क. ४० वर्ष ख. ३५ वर्ष

ग. ४५ वर्ष घ. उमेरको हद छैन

११. पिछडिएको क्षेत्रका लागि कति प्रतिशत आरक्षण गरिएको छ ?
क. ४ प्रतिशत ख. ६ प्रतिशत

ग. ८ प्रतिशत घ. ९ प्रतिशत

१२. दलितका लागि कति प्रतिशत पद आरक्षण गरिएको छ ?

क. ९ प्रतिशत ख. १० प्रतिशत

ग. १५ प्रतिशत घ. २० प्रतिशत

१३. शिक्षा विकास नीतिको मार्ग निर्देश गर्ने प्रमुख दस्तावेज के हो ?

-नेपालको संविधान

१४. दूर तथा खुला शिक्षा सम्बन्धी पाठ्यक्रम कसले तयार गर्दछ ?
-पाठ्यक्रम विकास केन्द्र

१५. प्राविधिक शिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न वि. सं. २०४५ मा गठित निकाय कुन हो ?

-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

१६. विश्व विद्यालयहरुको स्थापना , सञ्चालन तथा व्यवस्थापन र वर्गीकरण कुन तहबाट हुने नीति रहेको छ ?

केन्द्र,प्रदेश र स्थानीय तहबाट

१७. वि.सं. २०२७ सालसम्ममा प्राथमिक विदालय सङ्ख्या कति पुगेको थियो ?

क. ७२५४ ख. ७२५५

ग. ७२५६ घ. ६२५७

१८. रा.शि. प.यो. बमोजिम त्रिभुवन विश्वविद्यालय सभामा कति जना सदस्य रहने व्यवस्था गरिएको थियो ?

क . ४९ ख. ५०

ग. ५१ घ. ५३

१९. रा.शि.प.यो. बमोजिम प्राथमिक तहमा कथि पूर्णाङ्कको पाठ्यक्रम समावेश गरिएको थियो ?

क. ५५० ख. ६००
ग. ६५० घ. ७००

२०. रा. शि. प. यो. ले प्रौढ शिक्षालाई कति भागमा विभाजन गरेको थियो ?

क. दु ख. तीन
ग. चार घ. कुनै पनि होइन

२१. राष्ट्रिय विकास सेवालाई कति दलमा विभाजन गरेको थियो ?

क . तीन ख. चार
ग. पाँच घ. छ

२२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भएको थियो ?
क . २०४७ फागुन १४ गते ख. २०४७ माघ १४ गते
ग. २०४७ फागुन १२ गते घ. २०४७ वैशाख२८ गते

२३. रा.शि.आ.को प्रतिवेदनबमोजिम शिक्षाका उद्देश्य कतिवटा छन् ?

क ७ ख. ६
ग. ८ घ. ९

२४. आयोगको सिफारिसबमोजिम साक्षरताका कति तह छन् ?
क तीन ख. चार
ग. पाँच घ. छ

२५. सबैका लागि शिक्षा सम्बन्धी जोमटेन विश्व शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?
-सन् १९९०, थाइल्याण्ड

२६. सबैका लागि शिक्षा (२००४– २००९ ) को मुख्य उद्देश्यहरु कति वटा थिए ?

-३ वटा

२७. इन्चोन घोषणाका कति वटा लक्ष्यहरु छन् ?
-७ वटा

२८. इन्चोन सममेलनको मुख्य सहयोगी संस्था कुन हो ?
-युनेस्को

२९. NEGRP सुरुमा कति जिल्लामा परीक्षणका रुपमा सञ्चालित छ ?
-६ वटा( सप्तरी, भक्तपुर, कास्की, मनाङ्,काँके,कंचनपुर)

३०. NEGRP को समयावधि कहिले सम्म हो ?
-सन् २०१४– २०१९

३१. विद्यालय सुधार योजना कस्तो खालको योजना हो ?

-दीर्घकालीन

३२. परीक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो ?
-जाँच पास अड्डा

३३. जाँच पास अड्डाको स्थापना कहिले भएको हो ?
-वि.सं. १९९०

३४. प्राथमिक तह कक्षा १–५ को पूर्णाङ्क कति हो ?
-६००

३५. कक्षा १–३ को पाठ्यभार कति हो ?
-३४

३६. कक्षा ४–५ को पाठ्भार कति हो ?
-३९
३७. अर्धवार्षिक परीक्षा कस्तो मूल्याङ्कन हो ?
-निर्णयात्मक मूल्याङ्कन

३८. सर्जिनात्मक उमेर भन्नाले कस्तो अवस्थालाई जनाउँछ ?
-उत्तर बाल्यावस्था

३९. लिङग भेद भन्नाले के बुझिन्छ ?
-स्त्री र पुरुषबीचको प्राकुतिक वा जैविक भिन्नता
४०. सुशासनको अवधारणा कहिलेबाट आएको हो ?

-सन् १९९० देखि

वि.सं.२०७६ साउन ६ सोमवार १०:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...