Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

शिक्षक लाईसेन्स : प्राथमिक तहको नमुना वस्तुगत प्रश्नोत्तर संगालो



६ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने बहुवैकल्पिक प्रश्न लिएर आएका छौं ।

यस खण्डमा ४० अङ्का १ अङ्कभारका दरले ४० वटा प्रश्नहरु सोधिनेछन् । प्राथमिक तहमा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरु

तह :प्राथमिक पूर्णाङ्क : ४०

१. जिल्ला शिक्षा समितिमा कति जना सदस्य रहने व्यवस्था छ ?
क. ७ जना ख. ९ जना
ग. १४ जना घ. १५ जना

२. राष्ट्रिय परीक्षा बोर्डमा कति जना सदस्य रहने व्यवस्था रहेको छ ?
क. ७ जना ख. ९ जना
ग. ११ जना घ.१३ जना

३. शिक्षक सेवा आयोगमा कम्तिमा एकजना महिलासहित कति जना सदस्य हुन्छन् ?
क. ५ जना ख. ३ जना
ग. ७ जना घ. ९ जना

४. शिक्षक सेवा आयोगका सदस्यहरुको सिफारिस गर्न गठित समितिका अध्यक्षता कस्ले गर्छ ?
क. महान्यायाधिवक्ता ख. लोकसेवा आयोगको अध्यक्ष
ग. लोकसेवा आयोगको सचिव घ. माथिका कुनै पनि होइन ।

५. शिक्षक अभिभावक संघमा बढीमा कति जना सदस्य हुन्छन् ?
क. ९ ख. १०
ग. ११ घ. ५

६. शैक्षिक जनशक्ति विकास परिषदको अध्यक्ष को हुनछ ?

-शिक्षामन्त्रि वा राज्यमन्त्री
७.एक शैक्षिक सत्रमा काम गर्ने दिन कति दिन हुनुपर्छ ?

-कमसेकम २ सय २० दिन

८. महिला शिक्षिकाको परीक्षणकाल कति हुन्छ ?

क. १ वर्ष ख. ६ महिना
ग. ९ महिना २ वर्ष

९. आरक्षणको समूह कति छन् ?
क. ६ ख. ४
ग. ५ घ. ८

१० शिक्षक पदका लागि उमेद्वार हुन रमेरको हद कति हो ?
क. ४० वर्ष ख. ३५ वर्ष

ग. ४५ वर्ष घ. उमेरको हद छैन

११. पिछडिएको क्षेत्रका लागि कति प्रतिशत आरक्षण गरिएको छ ?
क. ४ प्रतिशत ख. ६ प्रतिशत

ग. ८ प्रतिशत घ. ९ प्रतिशत

१२. दलितका लागि कति प्रतिशत पद आरक्षण गरिएको छ ?

क. ९ प्रतिशत ख. १० प्रतिशत

ग. १५ प्रतिशत घ. २० प्रतिशत

१३. शिक्षा विकास नीतिको मार्ग निर्देश गर्ने प्रमुख दस्तावेज के हो ?

-नेपालको संविधान

१४. दूर तथा खुला शिक्षा सम्बन्धी पाठ्यक्रम कसले तयार गर्दछ ?
-पाठ्यक्रम विकास केन्द्र

१५. प्राविधिक शिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न वि. सं. २०४५ मा गठित निकाय कुन हो ?

-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

१६. विश्व विद्यालयहरुको स्थापना , सञ्चालन तथा व्यवस्थापन र वर्गीकरण कुन तहबाट हुने नीति रहेको छ ?

केन्द्र,प्रदेश र स्थानीय तहबाट

१७. वि.सं. २०२७ सालसम्ममा प्राथमिक विदालय सङ्ख्या कति पुगेको थियो ?

क. ७२५४ ख. ७२५५

ग. ७२५६ घ. ६२५७

१८. रा.शि. प.यो. बमोजिम त्रिभुवन विश्वविद्यालय सभामा कति जना सदस्य रहने व्यवस्था गरिएको थियो ?

क . ४९ ख. ५०

ग. ५१ घ. ५३

१९. रा.शि.प.यो. बमोजिम प्राथमिक तहमा कथि पूर्णाङ्कको पाठ्यक्रम समावेश गरिएको थियो ?

क. ५५० ख. ६००
ग. ६५० घ. ७००

२०. रा. शि. प. यो. ले प्रौढ शिक्षालाई कति भागमा विभाजन गरेको थियो ?

क. दु ख. तीन
ग. चार घ. कुनै पनि होइन

२१. राष्ट्रिय विकास सेवालाई कति दलमा विभाजन गरेको थियो ?

क . तीन ख. चार
ग. पाँच घ. छ

२२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भएको थियो ?
क . २०४७ फागुन १४ गते ख. २०४७ माघ १४ गते
ग. २०४७ फागुन १२ गते घ. २०४७ वैशाख२८ गते

२३. रा.शि.आ.को प्रतिवेदनबमोजिम शिक्षाका उद्देश्य कतिवटा छन् ?

क ७ ख. ६
ग. ८ घ. ९

२४. आयोगको सिफारिसबमोजिम साक्षरताका कति तह छन् ?
क तीन ख. चार
ग. पाँच घ. छ

२५. सबैका लागि शिक्षा सम्बन्धी जोमटेन विश्व शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?
-सन् १९९०, थाइल्याण्ड

२६. सबैका लागि शिक्षा (२००४– २००९ ) को मुख्य उद्देश्यहरु कति वटा थिए ?

-३ वटा

२७. इन्चोन घोषणाका कति वटा लक्ष्यहरु छन् ?
-७ वटा

२८. इन्चोन सममेलनको मुख्य सहयोगी संस्था कुन हो ?
-युनेस्को

२९. NEGRP सुरुमा कति जिल्लामा परीक्षणका रुपमा सञ्चालित छ ?
-६ वटा( सप्तरी, भक्तपुर, कास्की, मनाङ्,काँके,कंचनपुर)

३०. NEGRP को समयावधि कहिले सम्म हो ?
-सन् २०१४– २०१९

३१. विद्यालय सुधार योजना कस्तो खालको योजना हो ?

-दीर्घकालीन

३२. परीक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो ?
-जाँच पास अड्डा

३३. जाँच पास अड्डाको स्थापना कहिले भएको हो ?
-वि.सं. १९९०

३४. प्राथमिक तह कक्षा १–५ को पूर्णाङ्क कति हो ?
-६००

३५. कक्षा १–३ को पाठ्यभार कति हो ?
-३४

३६. कक्षा ४–५ को पाठ्भार कति हो ?
-३९
३७. अर्धवार्षिक परीक्षा कस्तो मूल्याङ्कन हो ?
-निर्णयात्मक मूल्याङ्कन

३८. सर्जिनात्मक उमेर भन्नाले कस्तो अवस्थालाई जनाउँछ ?
-उत्तर बाल्यावस्था

३९. लिङग भेद भन्नाले के बुझिन्छ ?
-स्त्री र पुरुषबीचको प्राकुतिक वा जैविक भिन्नता
४०. सुशासनको अवधारणा कहिलेबाट आएको हो ?

-सन् १९९० देखि


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ