back

प्राविधिक शिक्षामा लगानी बढाउने: मन्त्री पौडेल

वि.सं.२०७३ मंसिर ५ आइतवार

681 

shares

dr-paudel ५ मङ्सिर,चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ ।

स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताउनुभयो ।

प्राविधिक शिक्षा पढाइका लागि कहाँ कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा गुरुयोजना निर्माणको काम भइरहेको उहाँले उल्लेख गर्नु भयो ।

प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको भन्दै उहाँले परिस्थितिअनुसार पाठ्यक्रम स्तरीय बनाउँदै लगेर अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

आवश्यक मात्रामा शिक्षक, प्राध्यापकको दरबन्दी र भौतिक संरचना अभाव रहेको भन्दै मन्त्री पौडेलले यसको व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर रूपमा गृहकार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा स्कुल अफ हेल्थ साइन्सका प्रिन्सिपल अच्युतराम दाहालले कलेजको गुरुयोजना, समस्या, सम्भावना र अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार ०५:५४ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...