५ मङ्सिर,उर्लाबारी ( मोरङ) । नेकपा ( माओवादी केन्द्र ) का नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गनौको औचित्य नहुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उहाँको भनाइ छ ।
चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले सहमतिका लागि हरसम्भव प्रयास हुने तर सहमति नजुटे मुलुकलाई निर्वाचनविहीन बनाउन नसकिने उहाँले स्पष्ट गर्नुभयो । रासस
वि.सं.२०७३ मंसिर ५ आइतवार ०५:५२ मा प्रकाशित