back
CTIZAN AD

जमानाको नायक– पुष्पलाल

वि.सं.२०७६ साउन ७ मंगलवार

822 

shares

जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सुसंवद्ध विचार प्रणालीमा संगठित गर्यो, मरते दम तक लड्यो नेताको करिश्मामा होइन सामाजिक बिकासको वास्तविकता सुहाउँदो नीतिको जीवन भर वकालत गर्यो । यसैको निम्ति जसले भनि रहन्थ्यो – ‘नेता होइन नीति प्रधान’ कुरो प्रष्ट थियो, संगठन बाबुसाहेवको अघिपछि हिड्ने लावालस्कर होइन, त्यो तुष्टीकरणले बन्ने पनि होइन त्यो त सामाजिक मिशन प्रतिको निष्ठाले बन्ने हो । त्यसो भए मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ । उसको काल्पनिकी बेजोड थियो । उ दुर क्षितिज निहाल्थ्यो । उ आफ्नो क्यानभासमा भएभरका सामाजिक रंग पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो जहाँ दुर्बलहरू शिर ठाडो पारुन, सबै रंगहरु हासुन र संगतिमा हातेमालो गरुन । उ समाजलाई कसैको रैती मान्दैनथ्यो न त समाजलाई कागती निचोरे झैं निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थ्यो ।

उ भन्थ्यो – हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौं पनि, तिमि आफ्नै घर हेर । हामीलाई तिमि साथी भए पुग्छ । बाबु साहेब पल्टिनु पर्दैन। स्वाभिमानको मूल्य उसलाई थाहा थियो । मित्रताको हैशियत पनि राख्दथ्यो ।

भोग र विलासमा उसको रुंची छदै थिएन । उ अभावको पाशविकतालाई बुझ्दथ्यो र सामाजिक तहमा त्यसको उन्मुलनको निम्ति मरिहत्ते गरेर लागेको थियो । आफैलाई भने त्यसले कुनै दाल गलाउन सकेन । जसले चना खाएर भोक टार्यो तर आफ्नो विश्वास डगमगाउन दिएन । सायद उ आफ्नो दाइको शहादतलाई स्मरण गर्दै भन्थ्यो “दाइ, यति जावो दुःखले मेरो रौं पनि झर्दैन । धन्दा न मान्नोुस तपाईको शहादत खेर जान दिने छैनौं ।”

उसलाई प्रतिपक्ष समेत पनि बडो आदर भावले हेर्दथे, उसको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे । हकिकत ! आफ्नै शिष्यले भने उसलाई अभरमा घचेटे । उ बेला शक्तिको रंगशालामा अर्कै खेल्थ्यो टप्परटुईया र उपबुज्रुक भन्थे उ प्राज्ञै छैन । कायर र कपटीहरु लान्छित गर्थे । उसको गन्तव्य बत्तीमा होमिने पुतली हो । तिनैले यस्तो पनि भन्न भ्याए उ विधर्मी हो । विधर्मीको पुच्छर हो । यो पनि त हकिकत हो ! इतिहासको न्यायको इजलासमा अर्कै इन्साफ हुनु थियो । उ अद्वितीय जागृत थियो । एक कुशल रणनितीज्ञ थियो । उ आफै जलेर गयो तर उसले प्रदीप्त गरेको मार्गमा अन्ततः उनका आलोचक र विपक्षी सहित सिंगो मुलुक होमियो पनि । उ थियो अटल नक्षत्र, यस्तो थियो उ जमानाको नायक ।

वि.सं.२०७६ साउन ७ मंगलवार ११:०५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...