back
CTIZAN AD

मुक्तिनाथ बैंकले ४० प्रतिशत सेयर निस्कासन गर्ने

वि.सं.२०७३ मंसिर ५ आइतवार

876 

shares

2016-11-19-10-15-16पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडले ४० प्रतिशतसेयर निस्कासन गर्ने भएको छ । शनिबार पोखरा स्थित होटल ग्राण्डमा सम्पन्न बैंकको दशौं वार्षिक साधारण सभाले आ. व. २०७२÷०७३ को मुनाफाबाट लाभांस वापत ३४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त ३४ प्रतिशत बोनस सेयर तथा हाल बाँडफाँडको क्रममा रहेको ५० प्रतिशत हकप्रद सेयर वितरण पश्चात हुन आउने चुक्ता पूँजी रु. १ अर्ब ५४ करोड २७ लाख १६ हजार २ सय ६० को ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने पनि निर्णय गरेको छ ।
सो सभामा सञ्चालक समितिका अध्यक्ष मीन प्रसाद गुरुङ्गले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । सोही सभाले यस विकास बैँकको केन्द्रीय कार्यालय कमलादी, काठमाण्डौंमा स्थानान्तरण गर्ने, बैंकको जारी तथा चुक्ता पूँजी रु. २ अर्ब १५ करोड ९८ लाख २ हजार ७ सय ६४ पु¥याउने र अन्य उपयुक्त वित्तीय संस्थासंग प्राप्ती÷गाभ्ने ९ब्अत्रगष्कष्तष्यलरःभचनभच० प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका सम्पूर्ण सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।
सोही सभामा, बैंकको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित केन्द्रहरुको आ.व.२०७२÷०७३ को मूल्याङ्कनको आधारमा शाखा स्तरीय छनौटमा प्रथम भएका केन्द्रहरु मध्येबाट सर्वोत्कृष्ट १० वटा केन्द्रहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:२६ मा प्रकाशित

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...