back

नेपाल पत्रकार महासंघ सुनसरीको नाममा खुलापत्र

वि.सं.२०७३ मंसिर ५ आइतवार

396 

shares
GLOBAL IME AD
NTC AD

sashil-koirala

विचरा पत्रकार भनाउँदा साथीहरुको बौद्धिक दरिद्रता देखेर लाज पो लागेर आयो । नेपाल पत्रकार महासंघको सदस्य बन्न दिएको परिक्षामा अनुतिर्ण गरेको विषयलाई लिएर पत्रकार बन्न अयोग्य लेखेछन । बबुराहरुलाई यति पनि थाहाँ रहेनछः पत्रकार बन्न योग्यता, क्षमता र पत्रकारितको ज्ञान हुनु पर्छ, महासंघको सदस्यता होईन । पत्रकारिताको सामान्य ज्ञान, आचार संहिताको ज्ञान नहुने भाषिक दरिद्रता भएकाहरुलाई महासंघको कार्ड भजाएर खाने भाँडो बन्न सक्छ । बास्तविक पत्रकारको लागि महासंघको सदस्यता होईन ज्ञान सिप चाहिन्छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले कही नभएको जात्रा हाडी गाउँको जस्तो महासंघको सदस्यताको लागि परिक्षा लियो । परिक्षा लिनु ठिकै हो तर शाखाले यो बुझ्नु पर्दथ्यो कि त्यो केन्द्रीय विधान विपरित हो । परिक्षा लिनुमा कुनै आपत्ति होईन, तर परिक्षा लिनेको योग्यता कसीमा राख्नु पर्छ कि पर्दैन रु आफ्नो योग्यता परिक्षण नगरिएकाहरुले लिएको परिक्षा र उत्तर पुस्तिका जाँच कस्तो होला रु परिक्षा सुरु हुनु अघि नै परिक्षाको लागि तयार परिएको प्रश्नपत्रका दुई प्रश्न गल्ती भएको म स्वयमले सबैलाई जानकारी गराए (म आफै आम सञ्चार र पत्रकारितामा स्नातकोत्तर प्रथम श्रेणिमा उर्तिण गरेर सात वर्षसम्म क्याम्पसमा पत्रकारिता विषय अध्यापन गराएको ब्यक्ति हुँ) तर उनीहरुले त्यसलाई वास्ता नै नगरी गल्ती प्रश्नमा परिक्षार्थीहरुको परिक्षा लिए । पत्रकारिताको सामान्य ज्ञान समेत गलत रुपमा आफ्नो मस्तिष्कमा राखेर प्रश्न तयार गर्नेहरु पत्रकार बन्न योग्य छन कि छैन रु गंभिर प्रश्न खडा भएको छ ।

पत्रकार महासंघको सदस्यता बनाउन परिक्षा लिने, प्रश्नपत्र तयार पार्ने, उत्तर पुस्तिका परिक्षण गर्ने, असफल भएको घोषणा गर्ने र पत्रकार महासंघलाई कुनै राजनीतिक दलका कार्यकर्ता भर्तिको मार्गप्रसस्त गर्नेलाई मेरो एउटा प्रश्न BOI कुन समाचार लेखनको पद्धति हो ?

अर्को पत्रकारिता नपढेका, अनुभवका आधारमा पत्रकारिता गरिरहेका र पत्रकार बन्न योग्यता समेत नपुगेका ब्यक्तिहरु महासंघको जिल्ला शाखाको कार्य समितिमा छन । सबैको परिक्षा लिने हो भने पहिला उनीहरुले ति प्रश्नको सहि उत्तर दिएर आफूलाई परिक्षा लिन योग्य प्रमाणित गर्नु पर्छ । हिजोका दिनमा पत्रिका बेचेर (हकर), प्रेसमा सहयोगी र अपरेटर काम गरेर, एफएमको पाले बसेको भरमा पत्रकार बनाउने अग्रजहरुले यो विषयमा गंभिर हुनु पर्छ । नयाँ साथीहरु योग्यतामा उनीहरु भन्दा माथि नै छन । त्यस्तै पत्रकार महासंघ पद भजाएर खाने माध्यम नबनोस जुन आज ब्याप्त छ । त्यो केवल पत्रकारको हक हितको साझा संस्था बन्नु पर्छ । राजनीतिक आस्थाको आधारमा पत्रकारको भेषमा लुकेका राजनीतिक दलका कार्यकता पदाधिकारी र सदस्य बन्दैमा उनीहरु योग्य र पत्रकार बन्न सक्दैन । यो विषयमा आम रुपमा बहस चलाऔ । नचालाउने हो भने पत्रकार महासंघको सदस्यता त्याग्दा नै प्रतिष्ठा बच्ला ?

News Source : https://www.facebook.com/heyshashi?hc_ref=NEWSFEED

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:३५ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...