back
CTIZAN AD

नेपाल पत्रकार महासंघ सुनसरीको नाममा खुलापत्र

वि.सं.२०७३ मंसिर ५ आइतवार

915 

shares

sashil-koirala

विचरा पत्रकार भनाउँदा साथीहरुको बौद्धिक दरिद्रता देखेर लाज पो लागेर आयो । नेपाल पत्रकार महासंघको सदस्य बन्न दिएको परिक्षामा अनुतिर्ण गरेको विषयलाई लिएर पत्रकार बन्न अयोग्य लेखेछन । बबुराहरुलाई यति पनि थाहाँ रहेनछः पत्रकार बन्न योग्यता, क्षमता र पत्रकारितको ज्ञान हुनु पर्छ, महासंघको सदस्यता होईन । पत्रकारिताको सामान्य ज्ञान, आचार संहिताको ज्ञान नहुने भाषिक दरिद्रता भएकाहरुलाई महासंघको कार्ड भजाएर खाने भाँडो बन्न सक्छ । बास्तविक पत्रकारको लागि महासंघको सदस्यता होईन ज्ञान सिप चाहिन्छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले कही नभएको जात्रा हाडी गाउँको जस्तो महासंघको सदस्यताको लागि परिक्षा लियो । परिक्षा लिनु ठिकै हो तर शाखाले यो बुझ्नु पर्दथ्यो कि त्यो केन्द्रीय विधान विपरित हो । परिक्षा लिनुमा कुनै आपत्ति होईन, तर परिक्षा लिनेको योग्यता कसीमा राख्नु पर्छ कि पर्दैन रु आफ्नो योग्यता परिक्षण नगरिएकाहरुले लिएको परिक्षा र उत्तर पुस्तिका जाँच कस्तो होला रु परिक्षा सुरु हुनु अघि नै परिक्षाको लागि तयार परिएको प्रश्नपत्रका दुई प्रश्न गल्ती भएको म स्वयमले सबैलाई जानकारी गराए (म आफै आम सञ्चार र पत्रकारितामा स्नातकोत्तर प्रथम श्रेणिमा उर्तिण गरेर सात वर्षसम्म क्याम्पसमा पत्रकारिता विषय अध्यापन गराएको ब्यक्ति हुँ) तर उनीहरुले त्यसलाई वास्ता नै नगरी गल्ती प्रश्नमा परिक्षार्थीहरुको परिक्षा लिए । पत्रकारिताको सामान्य ज्ञान समेत गलत रुपमा आफ्नो मस्तिष्कमा राखेर प्रश्न तयार गर्नेहरु पत्रकार बन्न योग्य छन कि छैन रु गंभिर प्रश्न खडा भएको छ ।

पत्रकार महासंघको सदस्यता बनाउन परिक्षा लिने, प्रश्नपत्र तयार पार्ने, उत्तर पुस्तिका परिक्षण गर्ने, असफल भएको घोषणा गर्ने र पत्रकार महासंघलाई कुनै राजनीतिक दलका कार्यकर्ता भर्तिको मार्गप्रसस्त गर्नेलाई मेरो एउटा प्रश्न BOI कुन समाचार लेखनको पद्धति हो ?

अर्को पत्रकारिता नपढेका, अनुभवका आधारमा पत्रकारिता गरिरहेका र पत्रकार बन्न योग्यता समेत नपुगेका ब्यक्तिहरु महासंघको जिल्ला शाखाको कार्य समितिमा छन । सबैको परिक्षा लिने हो भने पहिला उनीहरुले ति प्रश्नको सहि उत्तर दिएर आफूलाई परिक्षा लिन योग्य प्रमाणित गर्नु पर्छ । हिजोका दिनमा पत्रिका बेचेर (हकर), प्रेसमा सहयोगी र अपरेटर काम गरेर, एफएमको पाले बसेको भरमा पत्रकार बनाउने अग्रजहरुले यो विषयमा गंभिर हुनु पर्छ । नयाँ साथीहरु योग्यतामा उनीहरु भन्दा माथि नै छन । त्यस्तै पत्रकार महासंघ पद भजाएर खाने माध्यम नबनोस जुन आज ब्याप्त छ । त्यो केवल पत्रकारको हक हितको साझा संस्था बन्नु पर्छ । राजनीतिक आस्थाको आधारमा पत्रकारको भेषमा लुकेका राजनीतिक दलका कार्यकता पदाधिकारी र सदस्य बन्दैमा उनीहरु योग्य र पत्रकार बन्न सक्दैन । यो विषयमा आम रुपमा बहस चलाऔ । नचालाउने हो भने पत्रकार महासंघको सदस्यता त्याग्दा नै प्रतिष्ठा बच्ला ?

News Source : https://www.facebook.com/heyshashi?hc_ref=NEWSFEED

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:३५ मा प्रकाशित

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...