Logo
८ कार्तिक २०७८, सोमबार
     Mon Oct 25 2021
E-paper
  English Edition
   Unicode
Logo

सीताराम महोत्सव मङ्सिर तेस्रो हप्ता



 ५ मङ्सिर,जनकपुरधाम । यही मङ्सिर १४ देखि २० गतेसम्म यहाँ सीताराम विवाह महोत्सव मनाइने भएको छ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा नै हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुुने गरेका छन् । मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन भएका कारण पनि सीताराम विवाह महोत्सवमा प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार महोत्सव अन्तर्गत १४ गते जनकपुर दर्शन, १५ गते फूलबारी लीला, १६ गते धनुषयज्ञ, १७ गते तिलकोत्सव, १८ गते मटकोर, १९ गते शुभविवाह र २० गते रामकलेवाको कार्यक्रम छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईको भिरबाट लडेर निधन भएको छ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी