back
CTIZAN AD

चोयाको सामान बनाएर जीविकोपार्जन

वि.सं.२०७३ मंसिर ५ आइतवार

1.5K 

shares

५ मङ्सिर,बेनी (म्याग्दी) । म्याग्दीको लुलाङ गाउँका बासिन्दाले जङ्गलमा पाइने चोयाबाट घरेलु सामान निर्माण गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

लुलाङका अधिकांश बासिन्दा जङ्गलमा पाइने निगालोबाट चोया निकालेर डोका, डाला, थुन्से, भकारी, नाम्लोलगायतका सामान बनाउने गर्छन् ।

जिल्लाको सबैभन्दा ठूलो दलित समुदायले बसोवास गर्ने लुलाङका अधिकांश बासिन्दाको मूख्य पेसा नै चोया व्यवसाय हो । उच्च पहाडी क्षेत्रमा े कम मात्रामा अन्नखेती हुने भएकाले परम्परादेखिनै चोया व्यवसायलाई आगालेका उनीहरुले निर्माण गरेका सामान अन्नसँग साटेर घरखर्च चलाउने गर्दै आएका हुन् ।

पैतिस वर्षदेखि चोयाका सामान बनाउँदै आएका लुलाङ– ८ का तुलप्रसाद बिकले अहिले भने चोयाको सामान बनाउने पेसा व्यवसायिक बन्न थालेको छ भन्नुभयो ।

पहिले आफूले बनाएका सामान बिक्री गर्न म्याग्दी, बागलुङ र पर्वतका गाउँ÷गाउँ डुल्नुपथ्र्यो तर अहिले सामान किन्न ग्राहक गाउँमै आउन थालेपछि अझ व्यस्त हुनुपरेको उहाँले बताउनुभयो ।

पहिले अन्नमा साटिने सामान अहिले नगदमा बिक्री हुने गरेको उल्लेख गर्दै व्यवसायी बिकले एउटा डोकालाई रु २५० देखि रु ५०० र थुन्सेलाई रु ८०० सम्ममा बिक्री गर्ने गरेका छौँ भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:३१ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...