back

चोयाको सामान बनाएर जीविकोपार्जन

वि.सं.२०७३ मंसिर ५ आइतवार

936 

shares
GLOBAL IME AD
NTC AD

५ मङ्सिर,बेनी (म्याग्दी) । म्याग्दीको लुलाङ गाउँका बासिन्दाले जङ्गलमा पाइने चोयाबाट घरेलु सामान निर्माण गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

लुलाङका अधिकांश बासिन्दा जङ्गलमा पाइने निगालोबाट चोया निकालेर डोका, डाला, थुन्से, भकारी, नाम्लोलगायतका सामान बनाउने गर्छन् ।

जिल्लाको सबैभन्दा ठूलो दलित समुदायले बसोवास गर्ने लुलाङका अधिकांश बासिन्दाको मूख्य पेसा नै चोया व्यवसाय हो । उच्च पहाडी क्षेत्रमा े कम मात्रामा अन्नखेती हुने भएकाले परम्परादेखिनै चोया व्यवसायलाई आगालेका उनीहरुले निर्माण गरेका सामान अन्नसँग साटेर घरखर्च चलाउने गर्दै आएका हुन् ।

पैतिस वर्षदेखि चोयाका सामान बनाउँदै आएका लुलाङ– ८ का तुलप्रसाद बिकले अहिले भने चोयाको सामान बनाउने पेसा व्यवसायिक बन्न थालेको छ भन्नुभयो ।

पहिले आफूले बनाएका सामान बिक्री गर्न म्याग्दी, बागलुङ र पर्वतका गाउँ÷गाउँ डुल्नुपथ्र्यो तर अहिले सामान किन्न ग्राहक गाउँमै आउन थालेपछि अझ व्यस्त हुनुपरेको उहाँले बताउनुभयो ।

पहिले अन्नमा साटिने सामान अहिले नगदमा बिक्री हुने गरेको उल्लेख गर्दै व्यवसायी बिकले एउटा डोकालाई रु २५० देखि रु ५०० र थुन्सेलाई रु ८०० सम्ममा बिक्री गर्ने गरेका छौँ भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:३१ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...