back
CTIZAN AD

दुई राष्ट्रबीच सम्बन्ध बढाउन सी र ओबामा सहमत

वि.सं.२०७३ मंसिर ५ आइतवार

798 

shares

५ मङ्सिर,लिमा। चिनियाँ राष्ट्रपति सी जिन पिङ्ग र अमेरिकी समकक्षी बाराक ओमाबाबीच शनिबार पेरुको राजधानी लिमामा सौहार्द्र भेटवार्ता भएको छ ।

यी दुई सर्बोच्च नेताबीच भएको भेटवार्तामा चीन र अमेरिका बीचको वर्तमान द्विपक्षीय सम्बन्धलाई अझै स्वस्थ्य र दरिलो पार्दै अघि बढाउँदै लैजानमा सहमत हुँदै यसलाई अविनाशी र चीरस्थायी पार्नमा दुवैले सक्दो प्रयास गर्नेसमेत व्यक्त गरिएको छ ।

एसिया तथा प्रशान्त महासागरीय राष्ट्रबीच आर्थिक सहयोग (एपेक) सम्मेलन सन् २०१६ मा भाग लिन जानुभएका राष्ट्रपतिद्वयले सम्मेलनको शून्य समय वार्ता (साइड लाइन टक्स) मा छलफल गर्दै दुवै जनाको संयुक्त प्रयासले द्विपक्षीय सम्बन्ध बिस्तारमा नौलो आयाम थपी अतिरिक्त प्रगति हासिल गर्ने पनि बताउनुभएको छ ।
–ः ३ ः–

चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही दिन अघि मात्र टेलिफोन वार्ता भएको पनि समकक्षी ओबामासँग चर्चा गर्दै सिले ओबामासँग जस्तै नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग दुई देशको सरोकार रहेका हरेक क्षेत्रमा घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको समेत बताउनुभएको छ ।
त्यस्तै, विगतका केही वर्षदेखि चीनसँग नजिकिँदै क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सफल द्विपक्षीय सहकार्य गरेको र यसमा राष्ट्रपति सिले गर्नुभएको हार्दिक सहयोग, मित्रता र आपसी विश्वासको राष्ट्रपति ओबामाले पनि स्मरण गर्नुभयो । रासस ÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:३९ मा प्रकाशित

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा...

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा, जापान । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...