५ मंसिर, काठमार्डौँ । कान्तिपुर टेलिभिजनमा प्रशारित कार्यक्रम “सुमन संग” मा कञ्चन शर्मा सँग गरिएको कुराकानीले आजको सामाजिक सञ्जाल निकै तात्यो । धेरैले भिडियो हेरेर आँसु झरेको भन्दै कञ्चनका पति तथा उनका दुई छोरालाई तथानाम गालि गरे । भने कतिले कञ्चनका कुरा एकतर्फी र झुठो भएको भन्दै आ आफ्नो विचार पोखे । सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणी भएपछि कञ्चनका पति भनिने मोहन रेग्मीलेले पनि आफ्ना कुरा सार्वजनिक गरेका छन् । सुनौ आजका सामाजिक सञ्जालमा गरिएका केही टिकाटिप्पणी तथा मदन रेग्मीले एक सञ्चारमाध्यममा दिएको भिडियो ।
रामहरि चौलागाई (जनआवाज) : कन्चन शर्मा संगको अन्तरबार्ता हेर्दा हेर्दै आँशु झरे । मनै छिया छिया परेर आयो । मुटु भक्कानु पर्यो । जसको श्रीमान इन्जिनियर र छोरा पनि इन्जिनियर नै छन । आमा सर्बश्व हुन आमा भन्दा ठुलो सन्सारम कोहि हुनै सक्दैन । तर त्यहि आमालाई इन्जिनियर बाउले बीच सडकमा छोडेर जाँदा सात बर्ष सम्म छोरो त्यही बाटोमा टक्सन गाडिमा गुड्यो हिड्यो तर फोहोरको थुप्रोमा लडेकी आमा देखेन बोलाउदा बाइ बाइ गरेर हिड्यो १११ धिक्कार छ तिमी कुपुतहरु हो
प्रकाश पौडेल(जापान) : प्रस्तोता सुमन खरेल ज्यु ११ लामो समय बिबिसीमा काम गर्दा बटुलेको खोजमुलक पत्रकारीताको अनुभब कान्तिपुरमाुनि प्रयोग गर्दिनुस प्लिज । खोजीनिती गर्ने समय पाठक वा दर्शकलाई हुँदैन । त्यो जिम्मेवारी हजुर कै हो किनकी त्यो तपाइको जागिर हो, अनि पत्रकारको कर्तब्य । हाम्रो जागिर अर्कै छ ।
प्रकाश खड्का(दोहा, कतार) : धिक्कार छ ति श्रीमान र ति छोराहरुलाई १ जसले आफ्नै जन्मदिने आमा लाई बाउले बीचसडकमा छोडेर जाँदा एकशब्दसम्म बोलेनन् १ सात वर्षसम्म हज्जारौँ पटक छोराहरु टक्सन गाडीमा त्यहिबाटो हुइकिए तर जन्मदिने आमाले हात हल्लाउदा पनि देखेनन १ हेर्नुहोस हेर्दाहेर्दै आँशु झर्ने अन्तर्वार्ता कन्चन शर्मा संगको १ जसको श्रीमान इन्जिनियर छन्, छोरा पनि इन्जिनियर छन् तर आमालाई भने बीच सडकमा ल्याएर फ्याकीदिए ।
सुजता श्रेष्ठ : “ फिलिपिनो जोया थापा काण्डमा जस्तै कन्चन रेग्मी काण्डमा पनि कतै तेश्रो पक्षको स्वार्थ त छैनरु निर्दोश भईकन पनि जीवन थापा जस्तै मोहन रेग्मी र छोराहरु बदनाम हुन पुगे कीरु कतै कन्चनको काँधमा बन्दुक राखेर अर्कैले गोली पड्काउदैछ कीरु हामी नेपाली त कुरा बुझ्नु अघि अपशव्दको बर्षात गर्नमा पारंगत प्राप्त गरेका छौ नी।
शेखर ढुंगेल (काठमाडौ) : के सिकेर आएछन सुमन खरेल ले लन्डन बाट रु
कसैको नितान्त निजि मामिलामा गल्ति गर्ने लाइ दण्डित गर्न कानुनि परामर्श र सम्बन्धित् ठाउमा पुग्न सहयोग गर्नु मानबिय पक्ष हुन्थ्यो भने यसरि एक पक्षीय कुरो मात्र सुनेर मेडियामा मार्फत सार्बजनिक गर्ने दण्डको भागीदार हुनु पर्छ ।।।
सडकमा सैयौ मानसिक अवस्था ठिक नभएका पुरुष रमहिला छन् के त्यसको सबै कारक रकारण अर्को पक्ष मात्र हन्छ रुस्वयमको कारण हुँदैन रुपिडित र पीडक दुबै लाई भेटेर कुरो बुझिसके पछी मात्र पिडित लाइ न्यायको लागि आबस्यक सहयोग गर्नु सामान्य ज्ञानको कुरो हो ।।तर यहाँ ।।।
अर्को पक्ष सित सम्पर्क नगरी सत्य तथ्य नबुझी यसरि सार्बजनिक बदनाम र अपहेलना गरि गराई अर्को पक्ष लाइ मानसिक पिडा दिनु मेडियाको मर्म र धर्म बिपरितको कर्म सुमनजीले गरेका छन् उनले सार्बजनिक माफी माग्नु पर्छ ।।।।।वा दण्डित हुनु पर्छ ।।अर्को देशमा भए अहिले सुमन जी जेलमा हुन्थे नेपाल त् खुल्ला पागलखाना भयो भन्ने गरेको छु धेरै ले चित्त दुखाउनु हुन्छ तर यथार्त यस्तै छ ।।।।।एक पक्षको मात्र कुरो सुनेर सत्य तथ्य नबुझी भाबबिह्वल भएर नितान्त निजि मामला लाइ सार्बजनिक गर्दा अर्को पक्षलाई चोट पिडा पर्छ कि भन्ने सोच कहिले पलाउने ?
एक पक्षीय कुरो सुनेर वा अर्कोको मुख बाट अर्कोको कुरो सुनेर अबधारणा बनाइ हाल्ने हाम्रो समाजको मानसिकता LACK OF NORMS OF STRONG CIVIC SENSE को कारण हो ।।।
एक बिद्धवानले भन्नु भएको छ “तिम्रो उमेर त्यति लामो छैन कि तिमि आफै गल्ति गर र पाठ सिक । बुद्धिमानी त्यहि हुन्छ अरुले गरेको गल्ति बाट पनि आफुले पाठ सिक्नु पर्छ”
कान्तिपुर पत्रिका र टिभीले धेरै पटक स्वयम् गल्ति गरिसकेको छ र पनि पाठ सिक्दैन भने उसको रेग्मीकै जस्तो मानसिकता हो भन्नु पर्ने हुन्छ ।
कञ्चनले आरोप लगाएको भन्दा सत्य यो हो
विष्णु कल्पितले सुुरेन्द्र सिंहको भनाई शेयर गरेको पोष्टमा भने कञ्चन शर्माले भनेको कुरा भन्दा भिन्न तथ्य ल्याइएको छ । त्यहाँ भनिएको छ – कान्तिपुर टेलिभिजनमा प्रशारित कञ्चन शर्माको अन्तर्वार्तामा नबोलिएका तर भित्र रहेका तथ्यहरु । यी तथ्यबाटै थाह हुन्छ । पीडत मोहन कि कञ्चन । अन्तर्वार्ताकार मित्र सुमनले आफै जानुन् ।
कसैको निजी जीवनका बारेमा खासै चासो नहुने भए पनि मिडियामा सार्वजनिकीकरण भैसके पछाडि जानकारीमा आएका केहि तथ्यहरु पनि हाम्ले भन्दिनैपर्छ, यो हाम्रो सामाजिक कर्तव्य पनि हो ।
● मोहन रेग्मी बाजुराबाट एसएलसी उत्तिर्ण गरेका र हाल नेपाल सरकारका सिनियर डिभिजनल इन्जिनियर हुन् । उनले कन्चन शर्मासँग बिहे गरे । दुइटा बच्चा जन्मे । समयक्रममा कन्चनको व्यवहारमा परिवर्तन आयो । कानूनले वर्जित गरेका कुलतहरु र संस्कारले वर्जित गरेका सम्बन्धहरु (यहाँ भन्न मिल्दैन) मा कन्चनको बढी लगाव थियो भन्ने कुरा विश्वस्त सुत्रबाट थाहा हुन आएको छ ।
● कन्चनले भनेजस्तै उनलाई रुपवती भइनन् र हैसियत मिलेन भनेका कारण मोहन रेग्मीले उनलाई अलपत्र पारेका हैनन् । उनलाई पढाउने काम स्वयम् मोहनले गरेका हुन् । तिमी जागिर नखाउ, पढ र छोराछोरीको हेरचाह गर भनेर नै उनले जागिर छोडेकी हुन् । कन्चनको आफ्नै तरिकाको स्वच्छन्द (सामाजिक रुपमा अस्विकार्य) जीवन शैलीले रेग्मी परिवार नै डिप्रेसनको सिकार भयो । विश्वस्त सुत्रबाट थाहा हुन आएझैं मोहनले डिप्रेसनकै कारण कतिचोटी आत्महत्याको प्रयास पनि गरेका थिए । र कन्चनले भनेझैं उनका जेठा छोरा इन्जिनियर हैनन्, परिवारिक कारणले फ्रस्ट्रेट भएर उनी कुलतमा लागेका थिए । हाल उनी बैङ्लोर, भारतमा अध्ययनरत छन् ।
● पारिवारिक कारणले फ्रस्ट्रेट हुँदा मोहनले कन्चनलाई डिभोर्स मागे तर उनले दिइनन् । श्रीमानले डिभोर्स चाहँदा सम्बन्धित गाविसमा निवेदन दिनुपर्ने नियम भएका कारण मोहनले कुल्देवमाण्डौं गाविस, बाजुरामा निवेदन दिए र मुद्दा जिल्ला अदालत बाजुरामा दर्ता भयो । त्यो थाहा पाएर कन्चन आफैले अंशबण्डाको दावी सहित ललितपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिइन् । उनै वादी प्रतिवादीको उहि प्रकृतिको मुद्दा पहिला नै अन्तै दर्ता भएका कारण ललितपुर जिल्ला अदालतबाट मुद्दा बाजुरामै सर्यो र २०६८ माघ १ गते जिल्ला अदालत बाजुराले मोहनजीको पक्षमा फैसला गर्यो । त्यसपछि उनले आफ्नो निजी जीवन आफ्नै ढंगले बिताउँदै आएका छन् र कन्चनबाट जन्मेका दुईटा छोराहरुको जिम्मेवारी आफैले लिएका छन् ।
● डिभोर्सको फैसला भैसकेपछाडि कन्चन आफ्नो दिदी भिनाजुको घरमा बस्न थालिन् । उनी सडकमा अलपत्र परेको कुरा र छोराले टक्सन गाडीबाट हात हल्लाएको कुरा हामी बुझ्दैछौं । समयक्रममा अन्य सत्यतथ्य बाहिर आउने नै छ । यी कुराहरुका बारेमा अझै बिस्तृत जानकारी मोहनजीको पक्षमा बहस गर्ने अधिवक्ता, उनीसँग नजिक रहेर काम गरेका विभागीय कर्मचारीहरु र स्वयम् मोहन रेग्मी कान्तिपुर टेलिभिजनले चाहेको बेला स्पष्टिकरण दिन तयार छन् भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु । ३ रेग्मी परिवार र कन्चन शर्मालाई परेको अप्ठ्यारोर असुविधाप्रति मेरो गहिरो दुख छ ।
नकरात्मक गालि र अपशब्द प्रयोग नगर्न आग्रह
टिकाटिप्पणी धेरै नकरात्मक आएपछि सुमन खरेलले सामाजिक सञ्जालमार्फत अनुरोध गर्दै गालि र अपशब्द प्रयोग नगरिदिन अनुरोध गरेका छन् । गत बिहीबार कार्यक्रम ” सुमन संग”मा कञ्चन शर्मा रेग्मीको अन्तर्वार्ता पछि हामी आगामी कार्यक्रममा उहाँको परिवारका सदस्यहरुको कुरा सुन्न प्रयत्नरत खौँ । मानिस हो मानिसबाट जीवनमा गल्तीहरु हुन्छन नैं। यहाँ पनि कुनै गल्ती भएको भए, त्यो सच्चियोस् भन्ने मात्र हाम्रो चाहना हो । हामी आधुनिक युगको एउटा सभ्य समाजमा बस्छौँ । सभ्यताको प्रदर्शन गर्दै कृपया परिवारका सदस्यहरुलाई कहिं कतैबाट पनि गाली, अपशब्द र अपमान नगरी दिनु हुन दुई हात जोडी बिनम्र अनुरोध गर्न चाहन्छौँ ।
वि.सं.२०७३ मंसिर ५ आइतवार १२:३८ मा प्रकाशित