
५ मंसिर, काठमाडौ । नेपाल मत्स्य व्यवसायी संघले यहि मंसिर ९–१३ गते काठमाडौंको भृकुटी मण्डपमा मत्स्य महोत्सबको आयोजना गर्दैछ ।
“तेस्रो राष्ट्रिय मत्स्य महोत्सब तथा परिकार प्रतियोगिता २०७३” भन्ने नाराका साथ सम्पन्न हुन लागेको उक्त महोत्सव अवलोकन गर्न आउनेलाई रु. २५० को टिकटमा निःशुल्क माछाको परिकार खुवाउने व्यबस्था गरिएको संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष विन्दुलाल श्रेष्ठ बताउनु हुन्छ । श्रेष्ठका अनुसार महोत्सब अबलोकन गर्न आउने तर माछा नखानेलाई रु. १०० को मात्र टिकट छ । बिद्यार्थीहरुका लागि भने रु २०० को टिकट छ, त्यहि टिकटमा उनीहरुले माछा पनि खाना पाउने छन् ।
नेपाली किसानहरुले उत्पादन गरेको माछाको स्वाद नेपाली उपभोक्ताहरुलाई चखाउने र किसानहरुलाई उत्साहित बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको श्रेष्ठले बताउनु भयो । संघले विगत २ वर्ष देखि यस्तो प्रतियोगिता गर्दै आएको छ ।
माछापालन गर्ने किसानहरुलाई ब्यबसायी बनाउने उद्देश्यले ५ बर्ष अघि नेपाल मत्स्य ब्यबसायी संघको स्थापना गरिएको हो ।
वि.सं.२०७३ मंसिर ५ आइतवार १२:१० मा प्रकाशित