back

कविता : विवशता

वि.सं.२०७६ साउन ११ शनिवार

231 

shares
RBB AD
NTC AD

बुद्धको देशमा
शान्ति खोज्दै हिडेको यात्री
श्मशान घाटमा
तपस्य बसेको देखे

भोकले पेट जलेको बालकले
उसको पीडा बालुवाको थाकमा कोरेको देखेँ

रगतको फाल्चाहरूमा
जातिको अस्तित्व लाभा सरह उम्लिन्दै थियो
सिहंदरवारमा कोरिएको
कालो इतिहासले
रगतको साईनो खोज्दै हिडेको देखँे

यता विश्वलाई सुरक्षा दिने
धने र बिरेको शिरमा
लाल पुर्जाको जून टल्कीरहेको देखेँ

किपटसंगै आएको
ठुलीकान्छी र माइलीहरू
खोलाको बगरमा रूँदै गरेको देखँे

आमाले लिपेको चुल्हामा
पाहुनाको भात पाक्दै गरेको देखँे
बाबुको तिर्खामा
छोरो रमाएको देखेँ

बेरोजगारहरूले पिसिएका
शिक्षित युवा पिडी
विदेशतिर भौतारिएर
रेस्टुँराहरूमा लिलामी हुँदैगरेको देखँे

हलो जोत्ने पौराखी हातहरूको
धरती बाँझो छ
तर ….! झण्डा फर्फराउनेहरू
स्वर्ग पुगेको देखे

पिरामिडहरूमा मृतदेह सुरक्षित देखे
तर हाम्रा आत्माहरू
न्यायको खोजिमा
यत्रतत्र घुमिरहेको देखेँ

यो देशको सविंधान
लेख्न त चुकेन् बाजेहरू
तर आफ्नै भाग्य
लेख्न चुकेको विवशता लास देखे मैले
तर आफ्नै भाग्य लेख्न चुकेको विवशता लास देखे मैले

सिहमारी, दार्जिलिङ्ग

वि.सं.२०७६ साउन ११ शनिवार ०९:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

नवलपरासी । साहित्य, संस्कृति र कला– पर्यटन प्रवर्द्धनका शृङ्खला नाराका...

कविता : अन्तिम गीत

कविता : अन्तिम गीत

बाबुराम न्यौपाने, दमक, झापा सगरमाथाको कञ्चन पानी पहाडी नागबेली घुम्ती...

सुसेली

सुसेली

रामचन्द्र दाहाल, कपन १. बेनी बजार सानो देश नेपाल ब्वाँसा...

टुक्का कविताहरू

टुक्का कविताहरू

सुरेशकुमार पाण्डे, दाङ, घोराही १. छाडौँ आजै कुनै छ भने...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा धरा धाम सारा...

गजल

गजल

उत्तम विचार, नुवाकोट हिजो राख्छु भन्थ्यो अधरमा उसैले पु¥याएर छाड्यो...