back
CTIZAN AD

बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

वि.सं.२०८१ वैशाख २३ आइतवार

1.4K 

shares

नवलपरासी । साहित्य, संस्कृति र कला– पर्यटन प्रवर्द्धनका शृङ्खला नाराका साथ बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीले त्रिदिवसिय साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सब २०८१ को आयोजना गरेको छ ।
बैसाख २२, २३ र २४ गते सम्म सन्चालन हुने कार्यक्रममा प्रतिष्ठानले विभिन्न साहित्य प्रतिष्ठानका करिब ३० जना साहित्यकारहरूलाई आमन्त्रण गरेको छ । आमन्त्रित साहित्यकारहरूलाई प्रतिष्ठानले नगरभित्र रहेको साँस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गराउने छ ।

कार्यक्रमको पहिलो दिन प्रतिष्ठानद्वारा आमन्त्रित साहित्यकारहरूलाई वडा नं. १२ दविला रहेको बुद्धमंगल ताल, वडा नं. १६ मा रहेको वनकाली मन्दिर र वडा नं. ५ रहेको कन्चनगढी अवलोकन गराइएको थियो भने सो अवसरमा स्थानिय कलाकारहरूले भजन र नृत्य प्रदर्शन गरेका थिए ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम परिश्रमीले यस कार्यक्रमबाट नगरभित्र रहेका साँस्कृतिक एवम् ऐतिहासिक स्थलहरुको साहित्यको माध्यमबाट संसारभरी प्रवर्धन हुने विस्वास लिएको बताएका छन् ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका संरक्षक तथा मेयर शम्भुलाल श्रेष्ठले यस कार्यक्रमले स्थानीय संस्कृति र ऐतिहासिकस्थलको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास लिएको बताए ।

 

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:२९ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...