Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

महाधिवेशनबारे संस्थापन पक्षीय नेता नै विभाजित



१३ साउन, काठमाडौँ । नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरु नै पार्टीका रिक्त संरचनाको पूर्ति सहमतिमा गर्ने कि निर्वाचनबाट भन्नेमा विभाजित भएका छन् ।

जारी बैठकमा मुख्य एजेन्डाका रुपमा रहेको १४ औँ महाधिवेशनको विषयमा केन्द्रित भइरहँदा आइतबारको बैठकमा संस्थापन पक्षकै नेताहरु रिक्त संरचनाको पूर्ति सहमति कि निर्वाचनबाट भन्नेमा विभाजित देखिएका हुन् ।

गत शुक्रबारको बैठकमा संस्थापन पक्षका नेताहरुले सहमतिबाट रिक्त सबै तहको संरचना बनाउँदा महाधिवेशनमा तत्काल जान सकिने धारणा राखेका थिए । तर, आइतबारको बैठकमा भने संस्थापन पक्षकै नेताहरुबाट फरक फरक धारणा आएको हो ।

‘मेरो त प्रस्ट कुरा छ, सहमति यहाँबाट मात्रै गरेर हुँदैन । तलसम्म सहमति गर्न गाह्रो छ त्यसैले अलमल गरेर हुँदैन भन्ने धारणा मैले बैठकमा राखेको छु । निर्वाचनको विकल्प छैन,’ नाम उल्ल्ेख नगर्न भन्दै देउवा पक्षका ती केन्द्रीय सदस्यले राजधानीसँग भने । सोमबारको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम