back
CTIZAN AD

त्रिविमा प्राध्यापक नियुक्ति विरुद्ध मुद्दा,रजिस्ट्रारसहितको बढुवा रोकियो

वि.सं.२०७६ साउन १३ सोमवार

822 

shares

१३ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि विवादमा परेको छ ।
क्र्मचारी भर्तीमा अनियमिता गरेको आरोपमा अख्तियार दूरुप्रयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भष्टाचारसम्बन्धी मुद्धाको किनारा नलाग्दै प्राध्यापक बढुवा पनि विवादित भएको हो ।
विश्वविद्यालय र सेवा आयोगका पदाधिकारीहरुले आफूअनुकुल नियम बनाउँदै प्राध्यापक बढुवा गरेको र योग्य व्यक्तिलाई पाखा लगाएको आरोप लागेको छ । अर्थशास्त्र (शिक्षा), तथ्यांकशास्त्र (मानविकी), स्वास्थ्य, जनसंख्यालगायत विषयमा प्राध्यापक बढुवा गर्दा मनपरी गरेको आरोपसहित त्रिविकै पुनरावेदन आयोगमा उजुरी परेको छ ।

हालै सह–प्राध्यापकबाट बढुवा भएका विश्वविद्यालयका रजिस्ट्रार डिल्ली उप्रेतीको नियुक्ति पनि यही आरोपका कारण रोकिएको छ । त्रिवि कार्यकारी परिषद्ले प्राध्यापकमा बढुवाका लागि सिफारिस भएका अन्यलाई नियुक्ति दिने निर्णय गरेपनि रजिस्ट्रार उप्रेतीका सम्बन्धमा भने कुनै निर्णय गरेको छैन ।

अर्थशास्त्रका सह– प्राध्यापक उपेती र बुटवल बहुमुखी क्याम्पसमा सह–प्राध्यापक नूरजंग केसीलाई गत चैत २४ गते प्राध्यापक बढुवा गर्न त्रिवि सेवा आयोगले सिफारिस गरेको थियो । प्राध्यापकमा बढुवाका लागि उप्रेती र केसीसँगै प्रतिस्पर्धी सह– प्राध्यापकद्वय नरेन्द्र कटुवाल र दिलनाथ फुयालले उक्त सिफारिस बदर गर्न माग गरेका छन् । सोमबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ साउन १३ सोमवार ०८:०९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...