Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

त्रिविमा प्राध्यापक नियुक्ति विरुद्ध मुद्दा,रजिस्ट्रारसहितको बढुवा रोकियो



१३ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि विवादमा परेको छ ।
क्र्मचारी भर्तीमा अनियमिता गरेको आरोपमा अख्तियार दूरुप्रयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भष्टाचारसम्बन्धी मुद्धाको किनारा नलाग्दै प्राध्यापक बढुवा पनि विवादित भएको हो ।
विश्वविद्यालय र सेवा आयोगका पदाधिकारीहरुले आफूअनुकुल नियम बनाउँदै प्राध्यापक बढुवा गरेको र योग्य व्यक्तिलाई पाखा लगाएको आरोप लागेको छ । अर्थशास्त्र (शिक्षा), तथ्यांकशास्त्र (मानविकी), स्वास्थ्य, जनसंख्यालगायत विषयमा प्राध्यापक बढुवा गर्दा मनपरी गरेको आरोपसहित त्रिविकै पुनरावेदन आयोगमा उजुरी परेको छ ।

हालै सह–प्राध्यापकबाट बढुवा भएका विश्वविद्यालयका रजिस्ट्रार डिल्ली उप्रेतीको नियुक्ति पनि यही आरोपका कारण रोकिएको छ । त्रिवि कार्यकारी परिषद्ले प्राध्यापकमा बढुवाका लागि सिफारिस भएका अन्यलाई नियुक्ति दिने निर्णय गरेपनि रजिस्ट्रार उप्रेतीका सम्बन्धमा भने कुनै निर्णय गरेको छैन ।

अर्थशास्त्रका सह– प्राध्यापक उपेती र बुटवल बहुमुखी क्याम्पसमा सह–प्राध्यापक नूरजंग केसीलाई गत चैत २४ गते प्राध्यापक बढुवा गर्न त्रिवि सेवा आयोगले सिफारिस गरेको थियो । प्राध्यापकमा बढुवाका लागि उप्रेती र केसीसँगै प्रतिस्पर्धी सह– प्राध्यापकद्वय नरेन्द्र कटुवाल र दिलनाथ फुयालले उक्त सिफारिस बदर गर्न माग गरेका छन् । सोमबारको अन्नपूर्ण पोस्टबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ