back
CTIZAN AD

साउनमै काँचो स्याउ बजारमा

वि.सं.२०७६ साउन १४ मंगलवार

1K 

shares

१४ साउन, सुर्खेत, तुरुन्तै पैसा पाउने लोभमा समय अगावै जुम्लाका स्याउ बजारमा आउन थालिसकेको छ । रातो, रसिलो, गुलियो र स्वादिलो स्याउको समय भनेको भदौ दोस्रो साता उपयुक्त मानिन्छ ।

भदौ दोस्रो सातासम्मको समयलाई मूल अवसर बनाएर स्याउ भण्डारण तथा बिक्री वितरण गर्न सम्बन्धित जिल्लाका स्याउ किसान, व्यापारी तथा उपभोक्तालाई वर्षेनी सूचना सम्प्रेषण गरे पनि समय अगावै स्याउ ल्याउने गरेको पाइन्छ । सूचनालाई बेवास्ता गरेकै कारण जुम्लाको स्याउ किसान र व्यापारीलाई काँचो स्याउ बजारमा ल्याउँदा उल्टै घाटा लाग्ने गरेको छ ।

साउनको पहिलो साता नै जुम्लाको काँचो स्याउ सुर्खेत तथा नेपालगञ्जका बजारमा छ्यापछ्याप्ती पाउन थालिएको छ । जुम्लाको स्याउ भनेर अपरिपक्व, स्वादरहित, रङ्गीन स्याउ बिक्री वितरण भइरहेको छ । स्याउ कहाँबाट आएको भन्ने अधिकांश व्यापारी स्वयंलाई नै थाहा छैन । मण्डीबाट प्रतिकेजी रु १९५ मा खरीद गरेर आफूले प्रतिकेजी रु २४० देखि २५० बेच्ने गरेको स्थानीय व्यापारी पार्वती शाहीले बताइन ।

सुर्खेत बजारमा केही परिमाणमा काँचो स्याउ बिक्रीवितरण भइरहेको उनले जनाइन । शाहीले भािनन “उपभोक्ताले जुम्लाको स्याउ भन्ने बित्तिकै काँचो–पाको नभनेर किनी हाल्छन् । यसमा आफ्नो कमजोरी नभई बिक्री गर्ने स्याउ किसान, सुर्खेतसम्म पठाउने व्यापारी र हामीलाई वितरण गर्ने मण्डीको हो ।”

जुम्ली स्याउको बदनाम गरिँदै

जुम्ली स्याउको प्रवेशद्वार सुर्खेत र बाँके नेपालगञ्जका बजारमा पाइने नगन्य मात्रामा रातो देखिने हरियो हरियो स्याउ जुम्ली स्याउका नामले बिक्री वितरण भइरहेको छ । गुणस्तरहीन भए पनि प्रतिकेजी रु २५० का दरले स्याउ बिक्री वितरण भइरहेको छ ।

हालै मात्र बजारमा पुगेको काँचो स्याउ जुम्लाको नभई कालीकोट जिल्लाको भएको कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत खेमराज शाहीले राससलाई बताए । शाहीले भने, “सुर्खेत, नेपालगञ्ज पुगेको काँचो स्याउ कालीकोट तिलागुफा नगरपालिकामा पर्ने भिग्म, मेलसेरा, नाग्म, रतडा, फोइलगायतका गाउँको हो ।”

किसानलाई भदौ १० गतेदेखि भण्डारण गर्न र व्यापारीलाई भदौ १५ गतेबाट बाहिर निर्यात गर्ने गरी सञ्चार माध्यमबाट सूचना प्रवाह गर्ने तयारी भइरहेको उनले बताए । स्याउ टिप्ने अनुकूल र उपयुक्त समय भदौको दोस्रो सातादेखि भएकाले वर्षेनी त्यसलाई व्यवस्थित गर्दै आएको उनले जनाए ।

उनले अगाडि भने, “रातो, रसिलो, गुलियो र स्वादिलो स्याउ खाँदा भिटामिन ए, डी, मिनरल, आइरन, ग्लुकोजजस्ता मानव स्वास्थ्यका आगि आवश्यक तत्व पाइने भएकाले बजारमा जुम्ली स्याउ सकारात्मक छाप परेको हो । अहिले नै बजारका पुगेको काँचो स्याउलाई जुम्लाको भनेर बिक्री बितरण गर्नु सरासर जुम्ली अर्गानिक स्याउको बदनाम हो ।”

उनका अनुसार यसवर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने प्रक्षेपित लक्ष्य राखेको जुम्लाले रु २७ करोड स्याउबाट आम्दानी गर्ने अनुमान गरेको छ । जुम्ली स्याउका नाममा कम परिमाणमा बजारमा पुगेको काँचो स्याउको चर्को मूल्यको मारमा उपभोक्ता पर्दै आएकाले यसमा सचेत उनले अनुरोध गर्नुभएको छ ।

कालीकोटको काँचो स्याउ बेच्ने किसान तथा व्यापारीको कारणले गएको एक÷दुई वर्षदेखि केही समयपछि ठूलो परिमाणमा बजार भित्रिने जुम्लाको स्याउले मूल्य नपाउँदा किसान तथा व्यापारी मारमा परेको उनको भनाइ छ । यसलाई सम्बन्धित जिल्लाले बेलैमा नियमन नगरे व्यापारका नाममा अपराध हुने स्थानीय किसान तथा व्यापारीले चेतावनी दिएका छन् ।

यता कालीकोट कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक टेकबहादुर खत्रीले वर्षेनी स्याउ भण्डारणका लागि किसानलाई निर्देशन दिए पनि अटेरी गरेर काँचो स्याउ बजारमा लिने गरेको जानकारी दिनुभयो । “तिलागुफा नगरपालिकाअन्तर्गत कर्णाली राजमार्ग नजिकका भिग्म, मेलसेरा, नाग्म, धनडा गाउँका किसानले काँचो स्याउ निर्यात गरेका छन्,” प्राविधिक सहायक खत्रीले भने, “अहिले आफ्नो स्याउ बजारमा नगए यसले मूल्य नपाउने भन्दै उनीहरुले देखाएको बेवास्तापनले ज्ञान केन्द्रले दिएको निर्देशन उलङ्घन भएको छ ।”

वि.सं.२०७६ साउन १४ मंगलवार ०९:४५ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...