
३० जुलाई, हङकङ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) हङकङको अध्यक्षमा राधिका गुरुङ (टिका) पुन : निर्वाचित भएकी छन् ।
जुलाई २८ मा सम्पन्न परिषद्को सातौं अधिबेशनले अध्यक्षमा गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो ।
परिषद्को उपाध्यक्षद्धयमा किशन राई, कर्म गुरुङ, महासचिवमा गोर्कण प्रसाद ढकाल, सचिवमा डिल्लीराम बिश्वकर्मा, कोषाध्यक्षमा सन्तोष कुमार गुरुङ, महिला संयोजकमा अनु राई र युवा संयोजकमा प्रेम लामा रहेका छन् ।
त्यस्तै परिषद्को सदस्यमा विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह निर्विरोध निर्वाचित भएका हुन् ।
