Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

क्रिकेट रङ्गशालाका लागि एक सातामा डेढ करोड सङ्कलन



१४ साउन, चितवन । रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन हुन थालेको हो ।

यही साउन ८ गतेदेखि निर्माणको काम शुरु भएपछि जिल्लामा अहिलेसम्म रु एक करोड ४७ लाख ८८ हजार ५५५ सङ्कलन भइसकेको धुर्मश–सुन्तली फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार पूर्वेली समाज चितवनले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिबाट रु २४ लाख, उद्योग वाणिज्य सङ्घ चितवनबाट रु ५५ लाख ५५ हजार ५५५, भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट रु ५० लाख, उद्योग सङ्घबाट रु १२ लाख ५० हजार, अक्सफोर्ड कलेज गैँडाकोटबाट रु दुई लाख ३३ हजार र क्रिकेट सङ्घ चितवनबाट रु दुई लाख ३३ हजार सङ्कलन भएको हो ।

रङ्गशाला निर्माणको प्रारम्भिक चरणमा बोलकबोल रकम रु छ करोड ५० लाख थियो भने त्यसपछि विभिन्न व्यक्ति र कार्यक्रमबाट रु एक करोड ३१ लाख सङ्कलन भएको थियो । रङ्गशाला निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा सहयोग समिति गठन भएको छ । संयोजक डल्लाकोटीका अनुसार जिल्लाका छ स्थानीय तहमा सहयोग समिति गठन गरिसकिएको छ ।

सबैले आ–आफ्नो ठाउँबाट काम गर्न थालेका छन् । भरतपुर महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा सहयोग समिति गठन भएको छ भने प्रमुखको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ । प्रमुख रेनु दाहालका अनुसार बिचमा रोकिएको काम शुरु भएसँगै जिल्लामा रङ्गशाला निर्माणका लागि लहर शुरु भएको छ । विभिन्न सङ्घ संस्था र व्यक्तिले सहयोगका लागि ईच्छा व्यक्त गर्न थालेको उनले जानकारी दिइन ।

फाउण्डेसनका अध्यक्ष कट्टेलकाअनुसार अहिले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ भने निर्माण स्थलमा बार लगाउने, मैदानका लागि आवश्यक दुबो गोडमेल गर्ने, सुरक्षाकर्मीको निवास निर्माण लगायतका काम भइरहेका छन् । जिल्लावासीले अपनत्व लिएसँगै देश र विदेशमा रङ्गशाला निर्माणका लागि माहोल बन्दै गएको उनले बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले