back
CTIZAN AD

श्रीलङ्कामा इस्टर आक्रमणपछि राजिनामा दिएका मन्त्रीहरू सरकारमा फिर्ता

वि.सं.२०७६ साउन १५ बुधवार

990 

shares

१५ साउन, कोलम्बो । श्रीलङ्कामा इस्टर आक्रमणपछि राजिनामा दिएका श्रीलङ्काका मुसलमान मन्त्री सरकारमा फिर्ता भएका छन् ।

श्रीलङ्काकाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी विज्ञप्तिअनुसार उनीहरूले सोमबार राति नै राष्ट्रपतिबाट पुनःसपथ लिएका छन् ।

मन्त्रीबाट राजिनामा दिएका भएपनि उनीहरूको समर्थन रहेका कारण सरकारलाई कुनै असजिलो नभएको सत्ताधारी दलका नेताहरूले बताएका छन् ।

सन् २०१९ को अप्रिल २१ गते तीन ठूला होटेल र तीनवटै चर्चमा भएका विस्फोट र बन्दूक आक्रमणमा परी परी २५९ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

उक्त घटनामा सम्लग्न रहेको आरोपमा १५० जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने पक्राउ परेका अन्य कैयौँलाई अनुसन्धानपछि रिहा गरिएको छ ।

श्रीलङ्काको नौ जनाको मन्त्रीपरिषद्बाट घटनाबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गर्दै चार पूर्णमन्त्री र केही सहायक मन्त्रीले राजीनामा दिएका थिए । यद्यपि उनीहरूले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका थिएनन् ।

श्रीलङ्काका उद्योग तथा वाणिज्यमन्त्री रिसाद बाथुउद्दिनमाथि पनि सम्लग्नताको आरोप लागेको थियो । रिसादप्रति ऐक्यवद्धता जनाउन त्यहाँका मुसलमान मन्त्रीले राजिनामा दिएका थिए ।

मन्त्री रिसादको सम्लग्नताको आरोपसहित विभिन्न ३० जनाले ३००भन्दा बढी मुद्दा दाखिला गरेपछि उहाँमाथि प्रहरीले छानविन गरेको थियो । प्रहरीले छानविनबाट रसिदको सम्लग्नता पुष्टि नभएको बताइसकेको छ । एपी

वि.सं.२०७६ साउन १५ बुधवार ०८:५३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...