back

शिक्षक लाईसेन्स् : परीक्षाको तयारी कसरी गर्ने ?

वि.सं.२०७६ साउन १५ बुधवार

948 

shares
GLOBAL IME AD
NTC AD

१५ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगको गत बर्ष भदौमा लिएको परीक्षाको नतिजा प्रकाशित भएसँगै धेरै लामो समयपछि शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को विज्ञापन पनि खुलाएको छ भने लोकसेवा आयोगले पनि भारी मात्रामा स्थानीय तहका साथै विभिन्न तहमा विज्ञापन खुलाएको छ । यसकारणले पनि परीक्षार्थीमा एक किशिमको हतास उत्पन्न भएको छ कसरी परीक्षामा उत्तीर्ण हुने भन्ने । परीक्षामा औपचारिक रुपमा निश्च्चित समय तोकिएको हुन्छ त्यही समयको परिधिमा रहेर वर्षभरि पढेको ज्ञानलाई व्यक्त गर्नुपर्नेहुन्छ त्यसैले पनि सबै विद्यार्थीहरु यसलाई महत्वका साथ लिने गरेका छन् ।

आज हामी परीक्षाको तयारी कसरी गर्ने त यसबारे केही महत्वपूर्ण टिप्स लिएर आएका छौं ।

१.विषयवस्तुको ज्ञान – सर्वप्रथम त आफूले अध्ययन गर्न लागेको वा आफ्नो विषयको विषयवस्तु ,पाठ्यक्रमको बारेमा गहिरिएर बुझ्नुपर्छ तव मात्र हामीलाई अध्ययन गर्न सहज हुन्छ ।

२. समय व्यवस्थापन – समय व्यवस्थापनले पनि परीक्षामा सफल गराउन मद्धत गर्छ । हामीले पढ्ने भन्दैमा चौबिसौँ घण्टा किताब मात्र हेर्ने पनि गर्नु हुँदैन । तपाई फेस भएको बेला किताब पढ्ने गर्नुहोस् जसले गर्दा पढेका कुरा छिटो दिमागमा बस्छ । राती रातीसम्म बसेर कहिल्यै अध्ययन गर्नु राम्रो मानिदैन । कुन समय पढ्नको लागि उपयुक्त हुन्छ त्यो समयमा एकाग्र भई अध्ययन गर्ने ।

३. पुराना नमुना प्रश्नपत्रहरुको अध्ययन –पुराना नमुना प्रश्नपत्रहरुको अध्ययन गर्ने गर्नुपर्छ । जसले गर्दा परीक्षामा यस्तै किसिमका प्रश्नहरु आउँछन् भन्ने जानकारी हुन्छ र त्यही अनुरुप अध्ययन गर्न सहयोग पुराउँछ ।

४. लेख्दै अध्ययन गर्ने – पढेको कुरा लेख्दै अध्ययन गर्ने बानी बसाल्नुहोस् जसले गर्दा लेख्दै अध्ययन गर्दा छिटो सम्झने हुन्छ भने लेख्ने बानीको पनि सँगै विकास हुन्छ । पढेर भन्दा कतिकुरा लेखेर नै सम्झन सकिन्छ । लेखनविधीले लेखाइ सीपको विकास पनि गराउँदछ ।

५. बुझेर अध्ययन गर्ने – थोरै अध्ययन गर्नुस् तर बुझेर अध्ययन गर्नुस् घोकेर भन्दा पनि त्यसको मुख्यकुरा सार बुझेर अध्ययन गर्दा प्रभावकारी हुन्छ । त्यसैले थोरै अध्ययन गर्नुस् बुझेर अध्ययन गर्नुस् ।

६. छलफल गर्ने – आफूले जानेको कुरा साथीहरुसँग छलफल गर्नेगर्नुस् जसले गर्दा सिकाइ बढी प्रभावकारी हुन्छ । अरुलाई सिकाएको कुरा पछिसम्म र छिट्टै सम्झन सहयोग पुराउँछ ।

७. लामो समय एकनासले कहिले अध्ययन नगर्नुस् समय समयमा बिश्राम लिने गर्नुस् एकनासको अध्ययनले सिकाइ प्रभावकारी हुन सक्दैन ।

८. परीक्षामा तनाव , खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । प्रयाप्त सुत्ने गर्नुस् अनिद्राले स्मरण शक्तिमा ह्रास ल्याउँछ ।

९. परीक्षाको दिन आफूलाई प्रेसर दिनुहुँदैन फेस राख्नुपर्छ । परीक्षाको दिन अध्ययन गरेर प्रेसर नदिनुस् । परीक्षामा आवश्यक पर्ने सामाग्रीहरु दुईवटा पेन, पेन्सील, इलेजर स्केल प्रवेशपत्र, र आवश्यक सामाग्री भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षासमयभन्दा ३० मिनेट अगाडि नै परीक्षाकेन्द्रमा पुग्नुपर्छ । प्रश्पत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । सबै प्रश्नको हल गर्ने प्रयास गर्नुस् आउने प्रश्नको पहिला उत्तर लेख्नुस् उत्तर लेख्दा समयलाई विशेष ध्यान दिनुपर्छ किनकि कुन प्रश्न कति अङ्कको छ त्यसलाई मनन गरी उत्तर लेख्ने गर्नुपर्छ । यसो गर्नाले मात्र पनि परीक्षामा हामी सफल हुन सहयोग गर्दछ ।

वि.सं.२०७६ साउन १५ बुधवार ११:०९ मा प्रकाशित

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको समस्या समाधान

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको समस्या समाधान

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३८ विद्यार्थी दीक्षित भएका...

पालिकाद्वारा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

पालिकाद्वारा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

इलाम । यहाँको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२...

गाउँको विद्यालय, जहाँ शहरका विद्यार्थी पढ्छन्

गाउँको विद्यालय, जहाँ शहरका विद्यार्थी पढ्छन्

ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै...

शहरको विद्यालयमा पढ्न छोडेर गाउँको गणेश माविमा आउँछन् विद्यार्थी

शहरको विद्यालयमा पढ्न छोडेर गाउँको गणेश माविमा आउँछन् विद्यार्थी

ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै...

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण,...