३१ जुलाई, अमेरिका । पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ न्यू इंग्ल्याण्डले कम्युनिटी सेन्टरका लागि भवन (मन्दिर) खरिद गर्नका लागि चलाइरहेको आर्थिक अभियानका लागि श्रेष्ठ दम्पत्तिले ४१ हजार डलर सहयोग गरेका छन् ।
फाउन्डेशनका अध्यक्ष विष्णुमणि आचार्यका अनुसार समाजसेवी शिव श्रेष्ठ र उनकी धर्मपत्नी श्रीमती अन्जु श्रेष्ठले कम्युनिटी हल खरिद गर्नका लागि श्रेष्ठ दम्पत्तीले पहिले घोषणा गरेको २६ हजार डलर भुक्तानी गरिसकेको र थप १५ हजार डलर दिने घोषणा गरेका छन् ।
वि.सं.२०७६ साउन १५ बुधवार ११:०४ मा प्रकाशित






























